श्रीमान् अरबमा, छिमेकी पुरुषसँग सुपादेउरालीमा सेल्फी, काखे छोरो छाडेर पोइला



हाम्रो इकोनोमि

 

अर्घाखाँची जिल्लाकी एक महिला दुधे बालक र श्रीमानलाई छाडेर नगद तथा गरगहनासहित फरार भएकी छिन् ।

सीतगंगा नगरपालिका वडा नं. ५ स्थायी घर भएका चन्द्रप्रकाश पौडेलकी श्रीमती पवित्रा पौडेल फरार भएकी हुन् ।

उनी गत असोज २२ गते ‘बिदेशबाट पैसा आएको छ, निकालेर आउँछु’ भन्दै घरबाट हिँडेकी हुन् । अहिलेसम्म सम्पर्कमा नआएको पौडेल परिवारले जानकारी दिएका छन् ।

फरार पवित्राको ३ वर्ष अगाडि परम्परा अनुसार विवाह भएको थियो । उनको कोखमा अहिले १४ महिनाको छोरा छन् ।

श्रीमान् चन्द्रप्रकाश डेढ वर्ष अगाडि बैदेशिक रोजगारीका लागि साउदी अरबमा छन् ।

श्रीमानले पठाएको करिब ५ लाख नगद र एक सेट गरगहना (२ ओटा औठी, कानका झुम्का र मंगलसुत्र) लिएर फरार भएको चन्द्रप्रकाशका दाजु ज्योति पौडेलले जानकारी दिए ।

त्यतिमात्र होइन पवित्राले गाउँकै रामप्रसाद पौडेलसँग ५ हजार, भोजराज पौडेलसँग ६ हजार र सूर्यमुखी सबल समूहबाट २५

हजार समेत लिएर गएको पौडेल परिवारले दाबी गरेको छ । पवित्राको खोजी गर्दै जाँदा सीतगंगा नगरपालिका वडा नं. ५ थारपाइलाका लक्ष्मण भूसालसँग फरार भएको प्रमाण आफूहरूले फेला पारेको पौडेल परिवारले दाबी गरेको छ ।

लक्ष्मण र पवित्राले गत २२ गते नै सुपादेउराली मन्दिर परिषरमा

सेल्फी खिचेर फोटो फेसबुकमा अपलोड समेत गरेका छन् । उनीहरूको खोजी गर्न साउदीमा रहेका श्रीमान चन्द्रप्रकाश पौडेलले आग्रह गरेका छन् ।

श्रीमती धनसम्पत्ति बोकेर फरार भएको खबर पाएपछि चन्द्रप्रकाश पौडेल बिहीबार साँझ नेपाल आइपुगेका छन् ।पवित्रा पौडेललाई देख्ने जो कोहिले नजिकको प्रहरी कार्यालय आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...