जनयुद्धका बाल कलाकार पर्वतमाथि सांघातिक आक्रामण, चौतर्फी विरोध



हाम्रो इकोनोमि

 

कलाकार पर्वत विश्वकर्मामाथि सांघातिक आक्रमण भएको छ । कैलालीको धनगढीस्थित आफ्नै दोहोरी साँझा प्रवेश गरी एक समूहले उनीमाथि रड र छुरा प्रहार भएको हो ।

पर्वतका जनयुद्धकालिन सहकर्मी तथा कलाकार डम्बर रोकायका अनुसार धनगढी बसपार्क नजिकै रहेको ‘साथी भाई दोहोरी साँझ’ मा एक्कासी प्रवेश गरेको युवाहरुको एक समूहले विश्वकर्मामाथि आक्रमण थियो ।

अन्धाधुन्धा रड र छुरा प्रहार गरी उक्त समूह भागेको थियो ।

कलाकार विश्वकर्माको अवस्था खतरामुक्त भएपनि आँखा-कानको साथै शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ । उनको उपचार भइरहेको छ ।

गायन तथा मोडलिङ क्षेत्रमा राम्रो पकड जमाउँदै आएका विश्वकर्मामाथिको आक्रमणको चौतर्फी विरोध भइरहेको छ ।

पर्वतको उपचारसँगै दोषीलाई कारवाहीको माग गरिएको छ ।

कलिलो उमेरमै २०५७ सालका कात्तिक २८ गते ११ वर्षको उमेरमा जनयुद्धमा पूर्णकालिन भएका पर्वतले धेरै पश्चिम नेपालका धेरै गाउँबस्तीमा पुगेर जनताको मुक्ति र अधिकारका गीत गाएका छन् ।

प्रतिक्रिया दिनुहोस
बाढीले गोरखामा दुई पुल र दुई जलविद्युत् आयोजना बगायो

    उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको बाढीले दुई...

भोटेकोशी बाढीमा चार हजार ४४ जना अझै बेपत्ता, एक हजार ३४१ शव फेला

  रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये...

प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...