जनयुद्धका बाल कलाकार पर्वतमाथि सांघातिक आक्रामण, चौतर्फी विरोध



हाम्रो इकोनोमि

 

कलाकार पर्वत विश्वकर्मामाथि सांघातिक आक्रमण भएको छ । कैलालीको धनगढीस्थित आफ्नै दोहोरी साँझा प्रवेश गरी एक समूहले उनीमाथि रड र छुरा प्रहार भएको हो ।

पर्वतका जनयुद्धकालिन सहकर्मी तथा कलाकार डम्बर रोकायका अनुसार धनगढी बसपार्क नजिकै रहेको ‘साथी भाई दोहोरी साँझ’ मा एक्कासी प्रवेश गरेको युवाहरुको एक समूहले विश्वकर्मामाथि आक्रमण थियो ।

अन्धाधुन्धा रड र छुरा प्रहार गरी उक्त समूह भागेको थियो ।

कलाकार विश्वकर्माको अवस्था खतरामुक्त भएपनि आँखा-कानको साथै शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ । उनको उपचार भइरहेको छ ।

गायन तथा मोडलिङ क्षेत्रमा राम्रो पकड जमाउँदै आएका विश्वकर्मामाथिको आक्रमणको चौतर्फी विरोध भइरहेको छ ।

पर्वतको उपचारसँगै दोषीलाई कारवाहीको माग गरिएको छ ।

कलिलो उमेरमै २०५७ सालका कात्तिक २८ गते ११ वर्षको उमेरमा जनयुद्धमा पूर्णकालिन भएका पर्वतले धेरै पश्चिम नेपालका धेरै गाउँबस्तीमा पुगेर जनताको मुक्ति र अधिकारका गीत गाएका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...