शालिनदीमा हराएकी आमा टिकटकले गर्दा भेटियो, यसरी नाचिन् आमा (भिडियो सहित)



हाम्रो इकोनोमि

 

आफ्नो नाम मन माया बताउने एक जना वृद्द आमा आज भन्दा ठ्याक्कै १५ दिन अगाडी सलिनादी मन्दिरबाट हराएकी थिइन्।

आफ्नी जेठी छोरीसँग उनी माघ महिनामा सलिनादिमा श्री स्वथानी माताको पुजा आराधना साथै मेला लाग्ने भएकोले घुम्न गएकी थिइन्।

मानसिक सन्तुलन ठिक नभएको साथसाथै भिडभाड भएकोले उनी हराउन पुगिन्।

आमा हराउनुहुन्छ भनेर छोरीले निकै ध्यान दिँदा पनि भिडमा उनी छल्लिन पुगिन्।

आमा छोरी एक अर्कासँग बोछोडीए पछि छोरीले आमाको खोजखबर गर्न थालिन् भने आमा चाही भक्तपुर मानव समाज कल्याणको सम्पर्कमा पुगिन्। १५ दिन सम्म उनी सोहि आश्रमको संरक्षणमा बसिन्।

आश्रमको अध्यक्ष सुमित्रा चौलागाईले मानव कल्याण समाजको फेसबुक आइडीबाट आमाको भिडियो बनाएर हालिन्।

मानसिक सन्तुलन गुमाएकै कारण आमालाई आफु कहाँ बस्नु को सँग बस्छु घर कता हो केहि अत्तोपत्तो भएन।

घर कता हो नाम के हो भनेर सोधिएको उक्त फेसबुकको भिडियोमा उनले हासो लाग्दो जवाफ दिएकि थिइन्।

हासो लाग्दो उत्तर पिएनपीखबरकर्मीले टिकटकमा हालिन्। आमाको कान्छी छोरी कुबेतमा बस्ने रहेछिन्।.उनले टिकटकमा आफ्नो आमाको भिडियो देखिन्। हराएकी आमालाई अचानक टिकटकमा भिडियो देखेर उनी चकिन पारिन। कमेन्ट बक्समा मेरो आमा हो उहा कहाँ हुनुहुन्छ भनेर कमेन्ट गर्नु भयो।

यसरि टिकटकको भिडियो मार्फत उनले आफ्नो हराएकी आमा भेटिन्। मानव कल्याण समाजमा उनकी जेठी छोरी आएर उनलाई घर लागिसकेकी छिन्। फेसबुक र ट्वीटर जस्ता सामाजिक संजाल बन्द गरिने समाचार आइरहदा यहिँ सामाजिक संजाल मार्फत हराएकी आमा छोरीले भेट्न सफल भइन्।

आमा एकदम रमाइलो स्वभावको हुनुहुन्छ। आश्रममा रहदा पनि आमाले सबैलाई हसाउने गर्नुहुन्थ्यो। हाल उनको छोरीले आमालाई चुनिखेल स्थित घरमा लागिसकेकी छिन्।

भिडियो

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...