डा बाबुराम भट्टराई पहिलोपटक दौरा-सुरुवालमा (तस्वीरमा)



हाम्रो इकोनोमि

 

पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालको संयोजक डा बाबुराम भट्टराईले पहिलो पटक दाैरा-सुरुवाल लगाउनु भएको छ ।

नयाँ शक्तिले सञ्चालन गरिरहेकाे ‘असल राजनीति र समावेशी विकासका लागि जनसंवाद’ नामक अभियानका क्रममा कर्णाली प्रदेश पुग्नुभएका डा भट्टराईले पहिलोपटक दाैरा-सुरुवाल लगाएर आफ्नो फोटो सार्वजनिक गर्नुभएको हो ।

 

उहाँले आफू प्रधनमन्त्री हुँदा समेत दौरा-सुरुवाल लगाउनु भएको थिएन । वि.सं २०६८ सालसम्म नेपालको राष्ट्रिय पोसाक दौरा-सुरुवाल रहेको थियो तर सोही साल प्रधानमन्त्री बन्नुभएका डा भट्टराईले दौरा-सुरुवाललाई राष्ट्रिय पोसाकबाट हटाउनुभएकाे थियाे ।

तत्कालीन माओवादी नेताहरु दाैरा-सुरुवाललाई ‘सामन्ती पाेशाक’ भनेर बहिस्कार गर्ने गर्थे । आज उहाँले पहिलाेपटक साेही पाेशाक लगाएर गर्विलाे भावमा सामाजिक सञ्जालमार्फत तस्वीर सार्वजनिक गर्नुभएकाे छ ।

This image has an empty alt attribute; its file name is 52353297_1506122109525294_4866143765355560960_n-576x768.jpg

डा भट्टराईले माघ १५ गते बिहान ८ बजे पाँचथरको चिवा भञ्ज्याङमा उक्त अभियानको उद्घाटन गर्नु भएकोथियो । एक महिनासम्म चल्ने सो अभियान मध्यपहाडी (पुष्पालाल) लोकमार्ग आसपास हुँदै फाल्गुन १५ बैतडी पुगेर समापन हुने बताइएको छ । जनसंवाद यात्रा नाम दिइएको यो अभियानअन्तरगत २७ जिल्लाका ८६ स्थानमा गरी १०० बढी कार्यक्रम हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...