डा बाबुराम भट्टराई पहिलोपटक दौरा-सुरुवालमा (तस्वीरमा)



हाम्रो इकोनोमि

 

पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालको संयोजक डा बाबुराम भट्टराईले पहिलो पटक दाैरा-सुरुवाल लगाउनु भएको छ ।

नयाँ शक्तिले सञ्चालन गरिरहेकाे ‘असल राजनीति र समावेशी विकासका लागि जनसंवाद’ नामक अभियानका क्रममा कर्णाली प्रदेश पुग्नुभएका डा भट्टराईले पहिलोपटक दाैरा-सुरुवाल लगाएर आफ्नो फोटो सार्वजनिक गर्नुभएको हो ।

 

उहाँले आफू प्रधनमन्त्री हुँदा समेत दौरा-सुरुवाल लगाउनु भएको थिएन । वि.सं २०६८ सालसम्म नेपालको राष्ट्रिय पोसाक दौरा-सुरुवाल रहेको थियो तर सोही साल प्रधानमन्त्री बन्नुभएका डा भट्टराईले दौरा-सुरुवाललाई राष्ट्रिय पोसाकबाट हटाउनुभएकाे थियाे ।

तत्कालीन माओवादी नेताहरु दाैरा-सुरुवाललाई ‘सामन्ती पाेशाक’ भनेर बहिस्कार गर्ने गर्थे । आज उहाँले पहिलाेपटक साेही पाेशाक लगाएर गर्विलाे भावमा सामाजिक सञ्जालमार्फत तस्वीर सार्वजनिक गर्नुभएकाे छ ।

This image has an empty alt attribute; its file name is 52353297_1506122109525294_4866143765355560960_n-576x768.jpg

डा भट्टराईले माघ १५ गते बिहान ८ बजे पाँचथरको चिवा भञ्ज्याङमा उक्त अभियानको उद्घाटन गर्नु भएकोथियो । एक महिनासम्म चल्ने सो अभियान मध्यपहाडी (पुष्पालाल) लोकमार्ग आसपास हुँदै फाल्गुन १५ बैतडी पुगेर समापन हुने बताइएको छ । जनसंवाद यात्रा नाम दिइएको यो अभियानअन्तरगत २७ जिल्लाका ८६ स्थानमा गरी १०० बढी कार्यक्रम हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...