अस्ट्रेलिया जान नक्कली बिहे



हाम्रो इकोनोमि

 

चलचित्र ‘कागजपत्र’को ट्रेलर सार्वजनिक भएको छ । बुधवार राजधानीमा आयोजित एक कार्यक्रममा चलचित्रको ट्रेलर सार्वजनिक गरिएको थियो ।

अपिल विष्टको निर्देशन रहेको चलचित्र ‘कागजपत्र’को ट्रेलरमा पछिल्लो समय बढ्दै गइरहेको अस्ट्रेलिया मोहको कथालाई प्रस्तुत गरिएको छ ।

ट्रेलरमा अस्ट्रेलिया जानको लागी गरिएको नक्कली बिहे देखि उमेरको अन्तर लगायतको कुरालाई देखाइएको छ ।

चलचित्रमा अभिनेता नाजिर हुसेन एक जग्गा दलालीको भूमिकामा देखिएका छन् भने नायिका शिल्पा मास्के र कलाकार भोला सापकोटा विदेश जानको लागी नक्कली विवाह गरेको देखाइको छ ।

चलचित्रमा नाजिर, शिल्पा र भोलाको साथमा सरिता गिरी, लक्ष्मी बर्देवा, जीवन भट्टराई लगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्रमा खिलेन्द्र तिमिल्सिना, मुकेश रेग्मी र प्रजापति सिवाकोटीको लगानी रहेको छ भने यसका कार्यकारी निर्माता नीरज सिंह विष्ट हुन् ।

चलचित्रमा निमेष श्रेष्ठको सम्पादन, कास्मिर डिक्सनको छायाङ्कन, वसन्त सापकोटा, सङ्गीत सापकोटा, हर्कुलस बस्नेतको सङ्गीत छ ।

प्रतिक्रिया दिनुहोस
इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति क्षिण हुँदै गएको र...

इन्डोनेसियामा शक्तिशाली भूकम्प

     इन्डोनेसियाको मोलुका टापु नजिकै आज ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ...

पर्सा जिल्ला अदालत पुगेर रवि लामिछानेले तारेख बुझे

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...