प्रियंका चोपडा गर्भवती ?



हाम्रो इकोनोमि

 

हिजोआज सामाजिक संजालमा मानिसहरु निकै सक्रिय छन् । सामाजिक संजालमा अरुको बिषयमा चर्चा परिचर्चा गर्नु धेरैको दैनिकी पनि बनेको छ । अझै, स्टारहरुको बिषयमा त सामाजिक संजाल सधै नै रंगिएको हुन्छ ।

हालैमात्र, बलिउड नायिका प्रियंका चोपडा गर्भवती भएको खबर सार्वजनिक भयो ।

भ्यालेन्टाइन डेको दिनमा प्रियंकाले इन्स्टाग्राममा राखेको एक तस्बिरमा उनको पेट केही ठूलो देखियो । जसलेगर्दा, उनी गर्भवती छिन् भन्ने खालका चर्चा सुरु भयो ।

तर, प्रियंकाले यो बिषयमा केही पनि बोलिनन् । तर, उनकी आमा मधु चोपडाले यो बिषयमा मुख खोलेकी छिन् ।

उनले, भारतीय मिडियासँग कुराकानी गर्दै भनिन्–‘यो गलत खबर हो । प्रियंकाको पेट केही ठूलो देखिनु क्यामेराको लेन्सको कारण हो ।’

मधुले आफूले यो कुरा प्रियंकालाई सुनाउँदा उनले लामो हाँसो हाँस्दै आफूलाई केही समय यस्ता कुराबाट ब्रेक दिन आग्रह गरेको समेत बताइन् । हलिउड गायक निक जोनसँग डिसेम्बरमा बिहे गरेकी चोपडा अहिले बैबाहिक जीवनमा रमाइरहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...