‘छैन तेरो भर सरकार छैन तेरो भर, सत्य बोल्छौँ छाती खोल्छौँ देश निकाला गर’ (भिडियो)



हाम्रो इकोनोमि

 

पशुपति शर्माको गीत ‘लुट्न सके लुट कान्छा’ को चर्चा सर्वत्र छ । विभिन्न पक्षबाट दबाब आएपछि युट्युबट पशुपतिले गीत हटाएपछि चर्चा झन चुलिएको हो ।

सरकारले औपचारिक रुपमा प्रतिबन्ध नै नभने पनि दबाबमा पारिएर गीत हटाउन बाध्य बनाइएको भन्दै त्यसको आलोचना भइरहेको छ ।

सिर्जनात्मक अभिव्यक्तिमाथि लोकतान्त्रिक सरकारले अंकुश लगाएको भन्दै विरोधमा प्रदर्शन भएका छन् ।

सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आइरहेका छन् । तर अधिकांशले गीत हटाउन बाध्य पारिएको घटनाको विरोध गरेका छन् । यहि क्रममा कर्णालीका कलाकारहरुले पशुपति शर्माको समर्थनमा गीत गाएका छन् ।

उनीहरुले ‘छैन तेरो भर सरकार छैन तेरो भर, सत्य बोल्छौँ छाती खोल्छौँ देश निकाला गर’ बोलमा लोक लयको गीत गाएका हुन् ।

फागुन २ गते सरकारको एक वर्ष पुगेको अवसरमा चर्चित गायक शर्माले ‘लुट सके लुट कान्छा, नेपालमै हो छुट’ बोलको गीत सार्वजनिक गरेका थिए।

सोमबार बिहान कर्णालीका कलाकार तथा पत्रकारहरु मिलेर निर्मलाका बलात्कारी खै, अब जनता सहन सक्दैनन्, यो लोकतन्त्र भएकोले सत्य बोल्ने अधिकार भएको भन्दै सरकारलाई हिम्मत भए देश निकाला गर भन्दै चेतावनीसमेत दिएका छन्।

हेर्नुस यो भिडियो :

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...