‘छैन तेरो भर सरकार छैन तेरो भर, सत्य बोल्छौँ छाती खोल्छौँ देश निकाला गर’ (भिडियो)



हाम्रो इकोनोमि

 

पशुपति शर्माको गीत ‘लुट्न सके लुट कान्छा’ को चर्चा सर्वत्र छ । विभिन्न पक्षबाट दबाब आएपछि युट्युबट पशुपतिले गीत हटाएपछि चर्चा झन चुलिएको हो ।

सरकारले औपचारिक रुपमा प्रतिबन्ध नै नभने पनि दबाबमा पारिएर गीत हटाउन बाध्य बनाइएको भन्दै त्यसको आलोचना भइरहेको छ ।

सिर्जनात्मक अभिव्यक्तिमाथि लोकतान्त्रिक सरकारले अंकुश लगाएको भन्दै विरोधमा प्रदर्शन भएका छन् ।

सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आइरहेका छन् । तर अधिकांशले गीत हटाउन बाध्य पारिएको घटनाको विरोध गरेका छन् । यहि क्रममा कर्णालीका कलाकारहरुले पशुपति शर्माको समर्थनमा गीत गाएका छन् ।

उनीहरुले ‘छैन तेरो भर सरकार छैन तेरो भर, सत्य बोल्छौँ छाती खोल्छौँ देश निकाला गर’ बोलमा लोक लयको गीत गाएका हुन् ।

फागुन २ गते सरकारको एक वर्ष पुगेको अवसरमा चर्चित गायक शर्माले ‘लुट सके लुट कान्छा, नेपालमै हो छुट’ बोलको गीत सार्वजनिक गरेका थिए।

सोमबार बिहान कर्णालीका कलाकार तथा पत्रकारहरु मिलेर निर्मलाका बलात्कारी खै, अब जनता सहन सक्दैनन्, यो लोकतन्त्र भएकोले सत्य बोल्ने अधिकार भएको भन्दै सरकारलाई हिम्मत भए देश निकाला गर भन्दै चेतावनीसमेत दिएका छन्।

हेर्नुस यो भिडियो :

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...