गायक सोनु निगम नर्भिक अस्पताल भर्ना



हाम्रो इकोनोमि

 

भारतीय गायक सोनु निगम थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका छन् । एउटा गीतको भिडियो सुटिङका लागि नेपाल आएका उनी ढाडमा असह्य पीडा

महसुस भएपछि मंगलबार दिउँसो साढे एक बजे अस्पताल भर्ना भएका हुन् ।

उनको रक्तजाँच तथा एक्स रे गरिएको र एमआरआई पनि गरिने अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार उनलाई अहिले नर्भिक अस्पतालको भीआईपी स्वीट ५०१ मा राखिएको छ भने डा. पंकज जलान, डा. प्रवीण नेपाललगायतको टिमले उनको उपचार गरिरहेको छ ।

‘आज उहाँलाई होटल फर्काउने कि अस्पतालमै राख्ने भन्ने कुरा एमआरआईको रिपोर्ट हेरेपछि मात्र थाहा हुन्छ’, अस्पताल स्रोतले भन्यो,‘ तर अहिलेको स्थिति हेर्दा एक रात अस्पतालमै राख्ने सम्भावना देखिएको छ ।’

यसअघि पनि सोनु निगमलाई सी फूडका कारण छालासम्बन्धी एलर्जी भएपछि भारतकै एक अस्पतालमा केही दिन भर्ना गरिएको थियो ।

उनको स्वास्थ्यमा सुधार आएपछि केही दिनअघि उनी  पोखराको कार्यक्रममा आएका थिए । उनले भारतीय गीतहरुका साथै नेपाली चलचित्रहरुमा समेत स्वर दिदै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...