हामि के कुकूर हो ? केपी ओली के यमराज हो ? राष्ट्रपति जस्तो गरिमामय पदलाई अपमान गर्न पाइन्छ ?



हाम्रो इकोनोमि

 

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन युवा संघ नेपालका अध्यक्ष रमेश पौडेलले देशलाई ध्वस्त तथा बदनाम गराउने कसैले सपना देखेको भए त्यो सपना खोलामा बगाउन चेतावनी दिनुभएको छ ।

लोक गायक पशुपती शर्माले निकालीएको ‘लुट्न सके लुट कान्छा’ भन्ने गीतमा भएका शब्द छनौट राष्ट्र र राष्ट्रियताको विरुद्धमा भएको बताउनुभयो ।

कसैको निर्देशनमा गायक शर्माले लोकतन्त्र तथा गणतन्त्रमाथी नै प्रहार भएको बताउँदै अध्यक्ष पोडेलले अहिलेको संवैधानीक व्यवस्थामा थि नै असफल बनाउने दुषित प्रयास गरेको बताउनुभयो ।

राष्ट्रपति जस्तो गरिमामय पदलाई अपमान गर्नु, पार्टीको झण्डा देखाएर, प्रधानमन्त्रीको विरुद्धमा नकरात्मक सन्देश दिने प्रकारको गीत सिर्जना गरेको बताउँदै उहाँले देश बनाउन सपना देख्ने प्रमलाई अनौतिक तथा घृणित लाल्छना गर्नु राष्ट्र र राष्ट्रियताको विरुद्धमा भएको दावि गर्नुभयो ।

गीतमा भएका शब्द छनौट तथा त्यसको प्रयोग, रुपक र लक्षणहरुको प्रयोग कसरी गर्ने भन्ने गीतका लेखक तथा गायकले बुझ्न जरुरी रहेको बताउँदै उहाँले भन्नुभयो, ‘जति लट्न पाइन्छ लुट, यो सुविधा नेपालमा मात्रै हो, नेकपाका कार्य कर्तालाई कुकुर, प्रधानमन्त्रीलाई यमराज भनेर गीत गाउन मिल्छ ?’ पशुपतिको नजरमा हामी  के कुकुर हो ?

देश बनाउने जिम्मा अब युवाको काँधमा रहेको बताउँदै अध्यक्ष पौडेलले जसले समृद्धिको सपना देखेको छ त्यो मान्छे यमारज भन्दै देश र जनताप्रति चोट पुर्याउने शब्द प्रयोग गर्न नपाइने बताउनुभयो ।

विदेश पलायन भएका व्यक्ति वा युवालाई नेपाल फर्काउने प्रयास भइरहेका बेला जे गर्न पाउने पनि नेपालमा हो भन्ने कहाँ पाइन्छ ? भन्दै उहाँले मुलुक बनाउन सवै नेपाली एक जुट हुनुपर्नेमा जोड दिनुभयो ।कलाकारले रोयल्टी लगायत पत्रकारको रक्षकको रुपमा युवा संघ नेपाल रहेको भन्दै उहाँले युवाले त्यसको बारेमा सजक रहेको बताउनुभयो ।

उहाँले युवाले कुनै पनि अवस्थामा राज्यको रक्षाको निम्ती लड्न तयार रहेको समेत बताउनुभयो।युवा संघले कसैलाई प्रतिवन्धको कुरा नगर्ने भन्दै उहाँले राष्ट्र र राष्ट्रियताको पक्षमा वकालत गर्ने गायक, पत्रकार, नागरिककर्मी लगायतलाई पूर्ण रुपमा सम्मान गरेको समेत बताउनुभयो ।

उहाँले सरकारको दुई चार जनाले विरोध गर्दैमा सरकारले अफ्नो गतिलाई व्रेक नलगाउने बताउँदै देशलाई बदनाम गर्ने कसैले कुचेष्ठा गरेमा युवा संघ नेपाल चुपलागेर नबस्ने समेत चेतावनी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...