तनहुँको बन्दिपुर पहिलो पर्यटकीय गन्तव्य, दोस्रोदेखि दसौंसम्म कुनकुन ?



हाम्रो इकोनोमि

 

 

गण्डकी प्रदेशको एक सय पर्यटकीय गन्तव्यमा तनहुँका १० ठाउँ पर्ने भएको छ । संघ सरकारले एक सय पर्यटकीय गन्तव्य घोषणा गर्ने परम्परालाई पछ्याउँदै गण्डकी प्रदेश सरकारले आन्तरिक पर्यटन वर्ष मनाउने अवसरमा घोषणा गर्न लागेको एक सय पर्यटकीय गन्तव्यमा तनहुँका १० ठाउँ पर्यटकीय गन्तव्यमा पर्न सफल भएका हुन् ।

तनहुँको पर्यटकीय गन्तव्य मध्ये बन्दीपुरलाई पर्यटकीय गन्तव्यको पहिलो नम्बरमा राखेको छ ।

त्यस्तै देवघाटधाामलाई दोश्रो, ढोरवराहीलाई तेश्रो, छाब्दीवराहीलाई चौथो, मादीसेतीलाई पाचौं नम्बरमा समावेश गरिएको छ ।

तनहुँको पर्यटकीय गन्तव्य मध्ये कालिगण्डकीलाई छैटौं, व्यास पर्यटन क्षेत्रलाई सातौं, तनहुँसुर दरबारलाई आठौं, भानुभक्त जन्मस्थान तथा थानीको थानलाई नवौं र घिरिङ्कोट दरबारलाई दशौंं नम्बरमा पर्यटकीय गन्तव्यमा समेटिएको छ ।

गण्डकी प्रदेशले आन्तरिक पर्यटन वर्षलाई सघाऊ पु¥याउने उद्धेश्यले पर्यटकीय गन्तव्य घोषणा गर्ने तयारी अनुरुप कास्कीका ठाउँहरुलाई पनि पर्यटकीय गन्तव्यमा समेटेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले बताए ।

उनले पर्यटकीय गन्तव्य घोषणा गरेर त्यसको प्रचारप्रसार गरिने जानकारी दिए ।

गण्डकी प्रदेशका ११ जिल्लाका प्रमुख प्रमुख गन्तव्यहरुलाई समेटेर एक सय वटा पर्यटकीय गन्तव्य समावेश गरिएको मन्त्री लम्सालले प्रष्ट्याए । गण्डकी प्रदेश सरकारले कास्कीको १०, म्याग्दीको १०, मनाङको ९, मुस्ताङको १०, तनहुँको १०, गोर्खाको १२, नवलपरासीको ९, बागलुङको ११, पर्वतको ११, स्याङ्जाको ११ र लमजुङको १० ठाउँलाई पर्यटकीय गन्तव्यमा समावेश गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५% ब्याजदरमै अटो लोन

    नयाँ गाडी किन्ने सोचमा हुनुहुन्छ ? अब गाडी किन्नका लागि कर्जा...

कांग्रेसका नेता शेखर कोइरालापनि देउवा गुटमा

    नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला साउन २९ गतेबाट सुरु हुने...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ सुरु

    नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को दोस्रो संस्करण ‘नाइमा...

देउवालाई भव्य स्वागतको तयारी, ७ हजार नेता–कार्यकर्ता एयरपोर्ट जाने

    करिब ५ महिनापछि स्वदेश फर्किन लागेका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको...