इराक लैजान खोजिएका १७९ नेपालीको भारतबाट उद्धार



हाम्रो इकोनोमि

 

 

भारतको मणिपुर हुँदै म्यानमारको बाटोबाट इराक लैजान लागिएका १ सय ४७ महिलासहित १ सय ७९ जनालाई माइती नेपालले उद्धार गरेको छ ।

उनीहरुलाई पूर्वी नाकाबाट स्वदेश फर्काइदैँछ ।

 

मणिपुरका मुख्यमन्त्री एन वीरेनले आइतबार उद्धार गरिएका सबैलाई नेपाली टोलीको जिम्मा लगाएका थिए।

माइती नेपालका अध्यक्ष विश्वराम खड्कासहितको टोलीले मानव बेचविखनको जोखिममा रहेका उनीहरुको उद्धार गरेको हो।

अध्यक्ष खड्काले माइती नेपाललाई प्राप्त अति गोप्य सूचनाको आधारमा भारतको दिल्लीस्थित महिला आयोग, मणिपुर प्रहरी र स्थानीय गैर सरकारी संस्थाको सक्रियतामा मणिपुरको प्रान्तीय राजधानी इम्फालबाट म्यानमार हुँदै इराक लैजान लागिएको अवस्थामा उद्धार गरिएको हो।

बेचविखनमा संलग्न १ महिलासहित ९ जना आरोपीहरुलाई समेत नियन्त्रणमा लिइएको जनाइएको छ।

माइती नेपालले भारतस्थित नेपाली दूतावास र महिला बालिका तथा जेष्ठ नागरिक मन्त्रालयसँग समन्वय गर्दै भारतको केन्द्र सरकार र मणिपुर सराकार, मणिपुरस्थित गोरखा दुस्ख निवारण समिति जस्ता संस्थाहरुलाई पत्राचार र प्रत्यक्ष समन्यव गरेको थियो।

उद्धार गरिएकाहरुलाई सोमबार राति नेपाल ल्याइने छ। माइती नेपालका पूर्वाञ्चल संयोजक गोविन्द घिमिरेका अनुसार उद्धार गरिएकी एक महिलाको अस्वस्थताका कारण नेपाल ल्याउन ढिलाई भएको हो। ‘सोमबार राति या मंगलबार बिहानसम्ममा पुऱ्याइन्छ होला’, घिमिरेले भने।

अध्यक्ष खड्काले मानव तस्करीको यस प्रकारको भयाभह घटनामा संलग्न गिरोहलाई कानुनी दायरामा ल्याई कडा भन्दा कारवाही गर्न माग गर्नेरपीडितलाई स्वदेशमा नै रोजगारीको व्यवस्था गर्न सरकारसँगपहल गरिने जनाएका छन्।

प्रतिक्रिया दिनुहोस
बाढीले गोरखामा दुई पुल र दुई जलविद्युत् आयोजना बगायो

    उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको बाढीले दुई...

भोटेकोशी बाढीमा चार हजार ४४ जना अझै बेपत्ता, एक हजार ३४१ शव फेला

  रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये...

प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...