गायक पशुपति शर्मालाई विप्लवले साथ दिदैं जारी गर्यो यस्तो कडा विज्ञप्ति



हाम्रो इकोनोमि

 

 

गायक पशुपति शर्माको गीत राजनीतिक दवावका कारण युट्युबाट हटाइएकोमा चौतर्फी विरोध भइरहेको छ ।

 

शर्माले देशमा भइरहेको भ्रष्टाचारमाथि व्यग्य गर्दै ‘लुट कान्छा लुट, सकेजति लुट अरू देशमा पाइँदैन नेपालमै हो छुट’ गीतको भिडियो सार्वजनिक भएसँगै सत्तारुढ पार्टीका नेता कार्यकर्ताले धम्की दिएका थिए ।

सत्तारुढ (नेकपा)को युवा संगठन युवा संघ नेपालले धम्कीपूर्ण विज्ञप्ति जारी गरेरै उक्त गीतको विरोध गरेको थियो ।

योसँगै सत्तारुढ दलकै नेता कार्यकर्ताले उक्त गीत्बाट प्रतिवन्द लगाउने पर्ने माग गरेका थिए ।

उनीहरुले गीतलाई युट्युवबाट हटाउन दवाव दिएका थिए । जागरणमूलक उक्त गीत हटाइएसँगै सामाजिक संजालदेखि मिडियामा चर्को विरोध भइरहेको छ ।

योसँगै राजनीतिक पार्टीका नेताहरुले पनि गीतको समर्थनमा गर्न थालेका छन् ।

यसैबीच विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल जनसांस्कृतिक महासङ्घले विरोध तथा भत्र्सना गर्दै सरकारको यस्तो किसिमको रबैयाको निकृष्ट र निर्लज्ज सामाजिक फासिवादी हर्कत भएको जनाएको छ ।

महासङ्घका अध्यक्ष माइला लामाले आइतबार प्रेसविज्ञप्ति प्रकाशित गर्दै गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

लामाले महासंघ जनताका आवाज–भावना मुखरित गर्ने कुनै पनि कलाकार र तिनका सिर्जनकर्ममाथि हुने दमनका विरुद्ध उभिने बताएका छन् । उनले जनताको अजाव मुखरित गर्ने गीतलाई प्रतिबन्ध लगाइनु निन्दनीय भएको भन्दै कलाकारको अभिव्यक्ति स्वतन्त्रालाई सम्मान गर्न अपील समेत गरेका छन् ।

“जनताका आवाज मुखरित गर्ने गीतलाई प्रतिबन्ध लगाइनु अत्यन्त निन्दनीय छ । यसर्थ हामी जनताका पक्षमा उभिने कुनै पनि कला तथा कलाकारको अभिव्यक्ति स्वतन्त्रतालाई सम्मान गर्न सम्बन्धित पक्षसित अपिल गर्दछौँ । अन्यथा हामी यो सरकारका विरुद्ध सशक्त प्रतिरोध गर्न बाध्य हुनेछौँ । यसबाट उत्पन्न हुने परिस्थितिको भागीदार स्वयम् सरकार हुने कुरा पनि हामी यसै विज्ञप्तिमार्फत चेतावनी दिन चाहन्छौँ” विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस
ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५% ब्याजदरमै अटो लोन

    नयाँ गाडी किन्ने सोचमा हुनुहुन्छ ? अब गाडी किन्नका लागि कर्जा...

कांग्रेसका नेता शेखर कोइरालापनि देउवा गुटमा

    नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला साउन २९ गतेबाट सुरु हुने...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ सुरु

    नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को दोस्रो संस्करण ‘नाइमा...

देउवालाई भव्य स्वागतको तयारी, ७ हजार नेता–कार्यकर्ता एयरपोर्ट जाने

    करिब ५ महिनापछि स्वदेश फर्किन लागेका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको...