झापाली एक युवतीको एक चुम्बनको १ करोड !



हाम्रो इकोनोमि

 

केही महिना अघिको कुरा हो । एक प्रतीष्ठित मेनपावर व्यवसायीले सामाजिक सञ्जाल फेसबुकमा निशा अधिकारीको नाममा आएको फ्रेण्ड रिक्वेस्ट स्विकार गरे । भर्चुअल मित्रताको छोटै समयमा ती युवतीले व्यवसायीको फोन नम्बर हात पारिन् र गत असार १ गते उनको कार्यलयमै भेटन् पुगिन् ।

 

त्यसपछि घटनाले जस्तो मोड लियो, त्यसले ती व्यवसायीलाई त झस्काइदियो नै घटनाको अनुसन्धानमा जुटेको प्रहरीलाई समेत अचम्ममा पारिदियो। आफ्नो नाम इन्दु बताउने र घर झापाको बुधबारे बताउने ती युवतीले ती व्यवसायीको कार्यकक्षमा भिडियो अन गरेर गोप्य रुपमा मोबाइल राखेकी थिइन्।

 

क्यामेराले खिचिरहेका बेला ती युवतीले व्यवसायीलाई अंगालो मारिन् र चुम्बन गरिन्। केटी फर्केको केही दिनमा आफूलाई गणेश लामा बताउने एक युवाले कुराकानी गर्न प्रयोग हुने मोबाइल एप्लिकेसन इमो मार्फत व्यवसायीलाई युवतीसँग अंगालो मारेको र चुम्बन गरेको भिडियो पठाए। त्यसलगत्तै गणेशले गोप्य भिडियो आफूसँग रहेको र एक करोड रुपैयाँ नदिए उक्त भिडियो सामाजिक सञ्जाल र युट्युबमा अपलोड गरिदिने धम्की दिए।

 

अनुसन्धानमा संलग्न प्रहरीका स्रोतका यसरी धम्क्याउने काममा संलग्न युवती र युवक दुवै जना मेनवापर कम्पनीका एजेन्टहरु हुन्। उनीहरुले सजिलै मनग्गे कमाउन ती मेनपावर व्यवसायीलाई टार्गेट गरेका थिए। सुरुमा धम्कीयुक्त आदेश पाएपछि आत्तिएका व्यवसायी केही लाख रुपैयाँमा कुरा मिलाउने मनस्थितिमा पुगेका थिए। तर रकममा कुरा नमिलेपछि ती व्यवसायी महानगरीय प्रहरी अपराध महाशाखामा उजुरी लिएर पुगे।

 

कार्तीक ६ गते अपराध महाशाखाले गौशालाबाट बद्री लामीछाने र इन्दिरा उप्रेतीलाई पक्राउ गर्‍यो। ठगी धन्दामा संलग्न इन्दिराले निशा अधिकारीको नाममा फेसबुक चलाएकी थिइन् भने बद्रीले आफ्नो नाम गणेश लामा बताएर रकम असुल्न खोजेका थिए।

महाशाखाका एसपी नरेन्द्र उप्रेतीका अनुसार विशुद्ध ठग्ने नियतले योजनवद्ध रुपमा उनीहरुले धनाढ्य व्यापारीलाई फेसबुकबाट साथी बनाउने, भेटघाटको बहानामा भिडियो खिच्ने र रकम असुल्ने योजना बनाएको देखिन्छ। एसपी उप्रेतीका अनुसार पछिल्लो १६ महिनामा मात्रै महाशाखामा यस्तै प्रकृतिको ठगीकमा तीन उजुरी परीसकेका छन्। उनले भने, ‘सुन्दर युवतीको प्रयोग गरेर धनाढ्य व्यापारीबाट रकम असुल्ने क्रम निरन्तर देखिन्छ।’ कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस
अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा प्राप्त हुने नागरिकता (Birthright...

ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु...

इरानमाथि ठूलो हमला गर्ने अमेरिकी चेतावनी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अझै ठूलो सैन्य कारबाही गर्नेबारे विचार...

मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...