जाजरकोटमा बस दुर्घटना, ४ जनाको मृत्यु, ३ जनाको सनाखत



हाम्रो इकोनोमि

 

जाजरकोटमा बिहीबार बेलुका भएको बस दुघर्टनामा परि मृत्यु भएका चार मध्ये तीन जनाको सनाखत भएको छ । मृत्यु हुनेमा डोल्पा जिल्ला जगदुल्ला गाँउपालिका–४ छाँचुका मुनबहादुर बोहरा, बाँके जिल्ला खजुरा–२ का बसका सहयोगी हरिबहादुर रावत र सोही ठाउँका सहचालक सागर भण्डारी रहेको निमित्त जिल्ला प्रहरी प्रमुख केशर कार्कीले बताए । मृतक एक अधबैंसे पुरुषको भने अझै सनाखत हुन सकेको छैन ।

 

बस दुघर्घटनाका गम्भीर घाइते पश्चिम रुकुम आठबीकोट–१३ का लालबहादुर थापा र आठबीसकोट–११ का भरत चन्दलाई थप उपचारका लागि राती नै नेपालगञ्ज पठाइएको छ। जाजरकोट नलगाड–५ कालिमाटीका विवश बोहरालाई शुक्रबार बिहान थप उपचारका लागि नेपालगञ्ज पठाइएको प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले बताए । जाजरकोट अस्पतालमा चार जना र रिम्नामा दुई जनाको उपचार भइरहेको छ । घाइतेको निशुल्क उपचार गरिने प्रजिअ बस्नेतले बताए ।

 

नेपालगञ्जबाट रुकुमको राडीबजार तर्फ गइरहेको भे १ ख १३२९ नम्बरको यात्रुबाहक बस बिहीबकार राति जाजरकोट भेरी–१ रिम्न स्थित कुइनेउटामा  दुर्घटना भएको हो । घाइतेहरुका अनुसार बसको ब्रेक फेल भइ चिप्लिएर दुर्घटन भएको हो ।

 

जाजरकोट–डोल्पा सडकको खलंगा रिम्न खण्डमा पर्ने यो बाटो कच्ची, साँघुरो हुनुकासाथै धेरै मोड भएकोले दुर्घटना भएको प्रहरीको जनाएको छ । बस निकै थोत्रो भएकाले  पनि दुघर्टना भएको प्रहरीको भनाइ छ । घटनालगत्तै नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दा घटना स्थल पुगेर घाइतेको उद्धार गरेका थिए । घटनास्थल सदरमुकाम खलंगाबाट करिब १५ किलोमिटरको दूरीमा पर्छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...