जनयुद्ध दिवस मान्य छैन : माधवकुमार नेपाल



 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले जनयुद्ध दिवस मनाउने बारेमा पार्टीमा कुनै छलफल नभएको बताएका छन् । जनकपुरमा भएको कार्यक्रममा आफ्ना धारणा राख्दै उनले जनयुद्ध दिवस मान्य नभएको बताएका हुन् । समारोह गर्ने भए पार्टी प्रणाली सिक्न पनि उनले सुझाव दिए ।

 

“निजी निर्णयप्रति मेरो गम्भीर आपत्ति छ । पहिलो कुरो कुनै पनि यस्तो पार्टीले कार्यक्रम तय गर्दा कमिटीको बैठकबाट निर्णय गर्नुपर्छ । यो विषयमा मलाई थाहा छैन । निजी निर्णयप्रति मेरो आपत्ति छ । एक अध्यक्ष वा दुई अध्यक्ष जो भए पनि यो तरिका गलत हो । पार्टी प्रणाली सिक्नुपर्‍यो । अध्यक्षले नजानेको भए हामीसँग अनुभव छ लिनुपर्‍यो ।”

 

उनले पार्टीले गर्ने कार्यक्रमको विधिका बारेमा पहिले नै छलफल हुनुपर्ने बताए । उता जनयुद्ध दिवसको दिन पार्टीले गरेको कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली पनि उपस्थित भएनन् । पार्टी कार्यालय धुम्बाराहीमा भएको कार्यक्रममा अध्यक्ष ओली अनुपस्थित थिए ।

 

‘कन्फ्युजन र भ्रम’ छोडेर सबै कम्युनिस्ट घटकहरु नेकपामा गोलबन्द हुनुपर्छ : प्रचण्ड

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘कन्फ्युजन र भ्रम’ छोडेर सबै कम्युनिस्ट घटकहरु नेकपामा गोलबन्द हुनुपर्ने बताएका छन् । सबै एकताबद्ध भएर समाजवाद, सामाजिक न्यायतिर जानुपर्ने उनको भनाई छ ।

बुधबार पार्टी मुख्यालय धुूम्रबाराहीमा आयोजित ‘जनआन्दोलन र जनयुद्धका शहीदप्रति श्रद्धाञ्जली’ सभामा प्रचण्डले एकताबद्ध हुन नसकेका कम्युनिष्टलाई पनि अहिलेको पार्टी एकतामा गोलबद्ध हुन आग्रह गरे ।

प्रचण्डले कम्युनिष्ट समूहलाई मात्र नभएर नेपाली काङ्ग्रेस र मधेश केन्द्रित सबै पार्टी विकास र समृद्धिको एजेण्डामा सहकार्यको लागि आह्रवान गरे । नेपाली जनताले राजनीतिक स्थिरताका लागि निकै ठूलो बलिदान गरेको हुनाले अब एक भएर विकास र समृद्धि यात्रामा अगाडि बढ्न पर्ने उनको भनाई छ ।

 

‘हामीले ठूला ठूला राजनीतिक परिवर्तन सबै एक ठाउँमा आएर हासिल गरेका हौं,’ उनले भने, ‘हामी सबैको एजेण्डा समृद्ध नेपाल र विकसित नेपाल हो । देशलाई निरन्तर अगाडि बढाउन देशमा रहेका सबै राजनीतिक शक्तिसँग सहमति र समझदारीसमेत आवश्यकता रहेको छ ।’

प्रतिक्रान्तिवादीहरु नेताबीच फाटो ल्याउने कसरतमा छन्
प्रचण्डले विभिन्न प्रतिक्रान्तिवादीले विभिन्न षडयन्त्रमार्फत कम्युनिष्ट पार्टीलाई कमजोर पार्न नेताबीच फाटो ल्याउने, अविश्वास ल्याउनेजस्ता विभिन्न कसरत गरिरहेको बताए ।  प्रचण्डले प्रतिक्रियावादीको उस्काहटमा नलागी कम्युनिष्ट आन्दोलनलाई एकजुट बनाउनुपर्ने बताए ।

 

‘प्रतिक्रियावादीले यो कम्युनिष्ट पार्टी राम्रौसँग अगाडि नबढोस् र यो विभाजित होस् कम्युनिष्टको प्रभाव घटोस् यसको नेतृत्वमा विकास र समृद्धि नहोस् भनेर चाहेका छन्’ उनले भने, ‘जताततै कम्युनिष्ट आन्दोलन रक्षात्मक भएको बेला नेपालमा लोकतान्त्रिक ढङ्ग, आक्रमण ढङ्ग र नयाँ तरिकाले आएकाले ध्वस्त पार्न सम्भव देखेका छैन ।’

 

प्रचण्डले अहिलेको कम्युनिष्ट आन्दोलन लोकतान्त्रिक तरिकाले बलियो भएर आएको हुनाले पहिलाजस्ता कैयौँ देशमा हजारौँ लाखौँलाई कत्लेयाम गरेर नेपालको कम्युनिष्ट आन्दोलन ध्वस्त पार्न नसकिरहेका बताए । ‘प्रतिक्रियावादी र अवसरवादीको उस्काहटमा आउने छैनौँ । हामीलाई यो पार्टी एकता कसैले माया गरेर दया गरेर दिएको होइन,’ उनले, ‘हाम्रै महान् शहीद त्यागेर जनताको क्रान्तिकारी बलले पार्टी एकता गरेका हाैं ।’

 

प्रचण्डले आफूहरु १९औँ शताब्दी र २० औँ शताब्दीका क्रान्ति र प्रतिक्रान्तिका अनुभव पनि समीक्षा र लेखाजोखा गरेर अबको २१ औँ शताब्दीको लागि समाजवाद निर्माण एउटा नयाँ ढाँचाको खोजीमा रहेको बताए ।

 

केहीदिनभित्र एकता टुङ्गयाउँछौं
प्रचण्डले पार्टी एकताका बाँकी कामलाई टुङ्ग्याएर राष्ट्रव्यापी अभियानमा लाग्ने बताए । उनले शहीदप्रति श्रद्धाञ्जलि कार्यक्रमले पार्टी एकतामा थप ऊर्जा प्राप्त गर्ने अवसर रहेको बताए । ‘कार्यकर्तामा पार्टी एकता जनसङ्गठनको एकता ढिलो भइरहेको बेला के होला कसो होला भनेर चिन्ता बेलाबेलामा प्रकट हुने गर्दथ्यो’, उनले भने, ‘अब हामी पार्टी एकता केही दिनभित्र पूरा गर्न लागिरहेका छौँ । केही दिनभित्र पार्टी एकता र जनसङ्गठनको एकतालाई टुङ्गयाएर एउटा राष्ट्रव्यापी अभियानमा अगाडि बढ्ने छौँ ।’

 

प्रचण्डले पार्टी एकता सफल पार्न एक-दुई जना नेताले मात्र नभएर सबै नेता, कार्यकर्ता लाग्नुपर्नेसमेत धारणा राखे । वैचारिक र राजनीतिक रुपमा नयाँ चरणमा पार्टी प्रवेश गरेको उल्लेख गर्दै उनले भावनात्मक रुपमा अलगअलग धारमा अगाडि बढेका नेता, कार्यकर्तालाई यस्ता कार्यक्रमले एक ठाउँमा ल्याउने बताए ।

 

जेठ ३ र फागुन १ गतेलाई वैचारिक राजनीतिक एकतालाई सुदृढ गर्ने र हामीभित्र सङ्गाठनिक भावनात्मक एकतालाई मजदुत बनाउने अवसरको रुपमा लिनुपर्ने उहाँको भनाइ रहेको बताए । उनले सबै राजनीतिक दलको सहमति र सहकार्यबाट मुलुकलाई छिटोभन्दा छिटो विकासका राम्रा काम गरेर जनताको सपना पूरा गर्नुपर्ने बताए ।

कार्यक्रममा नेकपामा महासचिव विष्णु पौडेलले संविधानमार्फत समाजवादको आधारशिला निर्माण गरेकाले शहीदको सपना पूरा गर्न समाजवाद ल्याउने बताए । कार्यक्रममा जनयुद्ध र सुखानीमा शहीदप्रति अध्यक्ष दाहालसहित महासचिव पौडेल, स्थायी कमिटी सदस्य सुभाष नेम्वाङ, भीम रावलले श्रद्धाञ्जलि व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस
जनताको रोजाईको पार्टी एमाले : शंकर पोखरेल

    नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेकपा एमाले जनताको रोजाइको पार्टी

गौशालामा काठमाडौं महानगरको डोजर

    काठमाडौं महानगरपालिकाले गौशाला क्षेत्रका अतिक्रमित संरचना भत्काएको छ ।आज डोजरसहित पुगेको

बयान सकेर रविलाई पोखरा फर्काइयो

    रुपन्देहीमा ३ दिनको बयान सकेर रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई

हेटौँडा-१२ मा चुनावी सरगर्मी बढ्दो, एमालेको पल्लाभारी

    प्रमुख राजनीतिक दलले हेटौँडा उपमहानगरपालिका–१२ को रिक्त वडाध्यक्ष पदका लागि यही