४ वर्षीय छोरा डाक्टर बनेर बुबा बचाउने सपना (भिडियो)



हाम्रो इकोनोमि

 

 

हे भगवान ! कहाँ छौ तिमी ? भगवान पनि कती सम्म निर्दयी, मेरो जस्तो पिडा अरु कसैलाई नपरोस यो कथा अरु कसैको नभएर मोरङ गा्रमथान गाउँपालिका ७ का ३६ वर्षीय अर्जुन खत्रीको पिडा हो ।

 

बुढेसकालमा ७० वर्षका बुबा टेकवहादुर र आमा रत्नमायालाई सहारा दिन्छु भन्ने भन्थिए अर्जुन । आफ्नै छोरा सँग बस्न उनीहरु गाउँबाट सहर आए तर छोरा आफै रोगले थलिएपछि छोराको बैशाखी बने बृद्ध बुबा आमा ।

दृश्य आफै दर्दनाक छ । यो कल्पना समेत नगरेको कुरा आज आई लागेको अर्जुन बताउछन् । मेरो परिवारको भोलिको अवस्था कस्तो होला । मेरो यदीँ उपचार अभावकै कारण निधन भयो भने उनी भन्छन् । म सबैमा दुई हाल जोडेर अनुरोध गर्छु । मलाई बचाईदिनुहोस ।

मेरुदण्डको क्यानसरले ओछ्यानमा छटपटिरहेका अर्जुनका चार वर्षका अभिषेक खत्री आफु ठूलोभएर डाक्टर बन्ने इच्छा छ । ओछ्यान परेका आफ्ना ३६ वर्षीय बुबा अर्जुन खत्रीलाई निको पार्ने र साइकलमा स्कुल जाने उनको ठूलो सोच छ ।
आर्थिक अभावभएका कारण उनी विद्यालयसमेत जान पाएका छैनन् । अर्जुनकी श्रीमती विमला शनिबार सातमहिनाकी छोरी अविना काखमा च्याएपेर श्रीमानको पिडा हेर्नु देखि वाहेक केहीँ गर्न सक्दिन् ।

आफ्ना श्रीमान विगत सात महिनाअघिदेखि मेरुदण्डमा क्यान्सरभएर जीवनमरणको दोसाधमा रहेका छन् । पुर्खेली घर खोटाङभएपनि केहि वर्षदेखि मोरङको गा्रमथानमा बस्दै आएका खत्री परिवार आर्थिक अभावका कारण समस्यामा परेको हो । ढाडमा सामान्य समस्याभएपछि रोग पत्ता लग्दासम्ममा १४ लाख रुपैंया बढी खर्चभइसकेको विमलाले बताइन् । उनी भन्छिन्–’के रोग लागेको हो भन्दै उपचारका लागी धेरै अस्पताल धायौं तर रोगले निकै ग्रस्त बनाएपछि मात्र थाहा भयो कि श्रीमानलाई त क्यान्सर लागेको रहेछ ‘। गहभरी आँशु पार्दै विमलाले भनिन्–छोरो स्कुल जानेबेला भयो अर्की छोरी सानै छ, ऋण अझै १४ लाख छ अब के गर्ने ?

अर्जुनको उपचारमा महिनामा १ लाख बढी रुपैंया खर्च लाग्ने चिकित्सकहरुले बताएको आर्थिक अभावकै कारण दाजुलाई घरमै राखेर विरामले छटपटिरहेको हेर्दा हेदै आखाँको आशु सकिएको उनकी आमा रत्नमायाले बताइन् ।

खत्री परिवारले अर्जुनको उपचारमा आर्थिक सहयोग गरिदिन सबैसंग आग्रह गरेका छन् । उनलाई सहयोग गर्न चहानेहरुले लुम्बिनी विकास बैंकको खाता नम्बर ०५८१०४२०१२६५७१००००० १ वा अनुसन्धान मिडिया प्रा.लि ९८५२६६२३८२ मार्फत सहयोग रकम जम्मा गरेर अर्जुनलाई नयाँ जीवन प्रदान गरिदिन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...