आज विश्व कण्डम दिवस: नेपालमा ८ प्रतिशतले मात्रै गर्छन् कण्डमको प्रयोग



हाम्रो इकोनोमि

 

विश्व कण्डम दिवसका अवसरमा आज नेपालमा पनि विभिन्न कार्यक्रम मनाइँदैछन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दिवसको अवसरमा आयोजित कार्यक्रमहरुमा एचआईभी एड्स, यौनरोग तथा अनिच्छित गर्भ रहनबाट बच्न कण्डमको प्रयोग गर्नुपर्ने एवं प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीका बारेमा जानकारी दिइने छ ।

विश्वमा यौन रोगहरु बढ्दो अवस्थामा छ । हाल सबैभन्दा बढी यौन रोग अफ्रिकामा रहेको तथ्याङ्क छ ।

प्रत्येक वर्ष फेब्रुअरी १३ मा कण्डम दिवसका मनाइन्छ । प्रजनन एवं यौन सचेतनामुलक काम गर्दै आएका संघसंस्थाले गाउँ तथा सहरहरुमा विभिन्न चेतनामूलक कार्यक्रम गरी यो दिवस मनाउँदैछन्।

नेपालमा हाल स्वास्थ्य सेवा विभागले २०१७ मा गरेको अध्ययनअनुसार देशमा कुल जनसंख्याको आठ प्रतिशतले मात्रै कन्डमको प्रयोग गर्ने गरेको पाइएको छ । यसप्रतिको धारण गलत रहन जाँदा यस्तो भएको विभागको दाबी छ ।

एचआईभी संक्रममित मध्ये ७७ प्रतिसत कारण कन्डमबिनाको यौन सम्पर्क गरेको पाइएको छ ।

दम्पतीमा ४३ प्रतिशतले मात्रै परिवार नियोजनका आधुनिक साधन प्रयोग गरेको सन् २०१६ को तथ्यांकले देखाएको छ ।

कन्डमको प्रयोग नगर्ने समुदायमा यौँन रोग बढ्दै गएको र यसबारे नकारात्मक धारणा हटाएर कण्डमको महत्त्वबारे बुझाउने खालका कार्यक्रम गर्न आवश्यक रहेको विज्ञहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...