म कसरी मनाउन सक्छु जनयुद्ध दिवस ?



हाम्रो इकोनोमि

 

 

आज कम्युनिष्ट पार्टिहरुले देशैभरि विविध कार्यक्रम गरि जनयुद्ध दिवस मनाईरहेका छन् ।

यसका लागि कम्युनिष्ट पार्टिहरुले आफ्ना कार्यक्रहरु कहाँ र कसरी गर्ने भनेर महिनौ अघि देखि नै धुमधामका साथ तयारी गरिरहेका छन् ।

यस क्रममा मलाई पनि दुइ शब्द राख्न मन लाग्यो । रहर नहुँदा पनि मैले यो लेख्न बाध्य छु । पनि एक कम्युनिष्ट विचारधारामा आस्था राख्ने युवा हुँ ।

म जस्ता धेरै युवाहरुले कम्युनिष्ट विचारमा आस्था राख्छन् ।

यतिमात्र हैन्, नेपाली जनताले अहिले देश बनाउने जिम्मेवारी नै तपाईहरुलाई सुम्पेका छन् ।

अब तपाईहरुले देश कस्तो बनाउने भन्ने तपाईहरुक हातमा छ । देशमा १० वर्ष सम्म चलेको सशस्त्र जनयुद्धको एक योद्धा म पनि हुँ ।

तपाईहरुले मलाई विर्सिनु भयो । किनकी मैले बम बारुद पड्काईन । म सानै थिए ।

बाबा मुम्बईको जागिरे । घरमा साना तिन भाई थिए । घर सम्हाल्ने जिम्मेवारी आमाको काँधमा थियो ।

दिनभरि आमाले हाम्रो पेट पाल्नका लागि पसिना बगाएपछि मात्र हाम्रो पेट पाल्न सक्नुहुन्थ्यो । जुनदिन कााम गर्न जानु भएन त्यो दिन हामी भोकै हुनुपर्ने स्थीति हाम्रो थियो ।

त्यति मात्र कहाँ हो र? त्यसमा साँझ कम्तिमा ३ जना कम्रेडहरुलाई पाल्नुपर्ने बाध्यता पनि त्यसैमा जोडिएको थियो । हरेक साँझ हामीले ति कम्रेडहरुलाई पाल्ने गरेका थियौ ।हाम्रो सिंगो गाविसलाई नै आफ्नो आधार क्षेत्र बनाएर बसेको माओबादीलाई हामीले पालिरहेका थियौ । खाना दिन नमाने मारिदिने धम्की मानिहालौ घरमा अन्न छैन् । खेतमा उब्जीएको अन्नले तिन महिना छाक टार्न पुग्दैन ।

हिँउदमा हिमपात र खडेरी, वर्षामा बाढिपहिरोले खतिपाती राम्रो हुदैन थियो ।त्यस अवस्थामा पनि हामीले पालेकै थियौ । फेरी त्यसमा पनि हामीले जब उनीहरुको बम बारुद्ध समेत बोक्नु जानुपर्ने हुन्थ्यो । खाने खाना पनि हामीले नै बोकिदिनुपर्ने बाध्यता पनि उस्तै । त्यो बेला म उनीहरुको नजरमा बालक थिईन ,। आमा कामले भ्याउनु हुन्न थियो । घरबाट एकजना बारुद बोक्न नगएमा कारवाहि गर्ने । उनीहरुका आफ्नै अदालतहरु थिए । जहाँ मानिसहरुलाई मुसलले पेल्ने सजाए सुनाईन्थ्यो ।

तर, अहिले मेरो योगदान खै ? हामीले गरेको संघर्षको योगदा खै ? मेरो गाउँमा अझै पानीको समस्या उस्तै छ । हिउँदको खडेरीले लगाएको बालिनालि सखाप पारिरहेको छ । त्यहाँ खेतिबारि चार्नको लागि पानी आएको छैन् । त्यो बेला सर्वहारा वर्गको नाममा जनयुद्ध गरिएको थियो । अहिले सर्वहारा जहाँको त्यहि किन? कुन कम्रेडले यसबारेमा सोच्नु भएको छ ।

तपाईहरुलाई पटक पटक हामीले सिंहदरबार पठायौ । तपाई हामीलाई नै सिंह बनेर झम्टिनेहरु विरुद्ध कहिल्यै बोल्नु भएन। मेरो गाउँमा उस्तै छ जातिय छुवाछुट, उस्तै छ छाउडि कुप्रथा । अहिले सम्मपनि अन्तरजातिय विवाह गरेका आजित मिजारहरुका लास वर्षौ सम्म अस्पतालमै सडेका छन् । उनीहरुलाई कहिले दिने न्याय ?

तपाईहरुले जनयुद्ध सुरु करिब ४ वर्षपछि जन्मिएको म जवान भैसके । तपाईको जनयुद्ध कहिले जवान हुने । आज तपाइर्एहरुले जनयुद्ध दिवस मनाई रहनु भएको छ । ति मध्यरातमा काखमा कपडा च्यापेर नाङ्गै जंगल भागेका दिनहरु अझै ताजै छन् ।

खानेकुरा नपाएर सिस्नो, गिठा र सिमलका छालाहरु तानेर खाएका ति दिनहरु अझै ताजै छन् । मेरो मनसपटलमा भएका हजारौ पिँडाका दागहरुलाई कस्ले मेट्ने ?

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...