आफ्नो सामान नआएको भन्दै आवाज उठाउने युवा विमानस्थलमा कुटिए



हाम्रो इकोनोमि

 

नेपालको एक मात्र अनातराष्ट्रिय बिमान स्थल त्रिभुवन विमान स्थलमा कतार बाट आएका युवाले कुटाइ खाएका छन।

कतार बाट आएको नेपाली गरिब जनताहरु त नेपाल आइ पुगे तर उहाहरुले कतारको ५० डिग्रिको चर्को घाममा दूःख गरि रगत र पसिना बगाएर कमाएर आफ्नो घर परिवार मा थोरै खुशी दिन भनी ल्याएको सामान एउटा पनि लगेज नेपाल आइपुगेन ।

र अझ आफ्नो सामान पाउँ भनी आवाज उठाउदा उलटै गरिब जनताले नेपालको प्रहरी प्रसासन द्वारा घिसारिएर कुटाइ खान बाध्य भए।

के हुँदै छ यो के नेपाली जनताले आफ्नो हक अधिकार् माग्न नपाइने? आफ्नो परिवारलाई भनी ल्याएको समान कसरी आइपुगेन ? कहिले गरिब जनतालाई एउटा मोबाईल ,एक ग्राम सुन बढी भए पनि भन्सार तिर्न लगाउने आखिर किन यसरी अपहेलना नेपाली गरिब जनता माथी? जुन जनताले गर्दा नेपालको कर्मचारी देखि नेता प्रधानमन्त्री रास्ट्रपति र देशलाई नै रेमिटेन्स भित्रीन्छ, मुखमा माड लागेको छ उनीहरुलाई नै नेपाल्को त्रिभुवन विमान स्थलमा कुटाइ खानु पर्ने यो कस्तो बिडम्वना ?

के नियम कानुन यस्तै हुन्छ? बिदेशका बिमान स्थलमा केहि सामान हरायो या आएन भने खोजि निती गरेर संबन्धित ब्यक्तिलाई दिन्छन भने नेपाली विमान स्थलमा पिडितलाई नै पिडा दिने यो कस्तो नियम हो सरकार ?

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...