पितृ दानमा दिएको कपडा मन नपरेपछि पण्डितनीले जलाइदिइन !



हाम्रो इकोनोमि

 

दान दिएको कपडा राम्रो नलागेको भन्दै इटहरी ४ मा रहेको बेद मन्दिरमा दानमा आएको कपडा जलाइएको छ ।

बेद मन्दिरका पण्डित राम कुमार उप्रेतीलाई इटहरीकै १५ बर्षिय बालिकाले आफ्नो आमाको काजकृया गरे वापत दिएको सिरक डस्ना पण्डितकी श्रीमतीले जलाएकी हुन ।

इटहरी ४ की १३ बर्षिय प्रियंका नेपालले आफ्नो आमाको १३ दिने काजकृया गरे वापत दिएको कपडा पण्डितका श्रीमती गंगा उप्रेतीले सिरक डस्ना बिहान जलाएर खोलामा फालेकी थिईन ।

आफुले भने जस्तो कपडा नल्याएको रिसको झोकम उनले कपडा जलाएको बालिकाका आफन्तले बताएका छन् ।

आर्थिक स्थिति निकै कमजोर नेपाल परिवारले रिण गरेर पितृलाई खुशी बनाउन दिएको दानका सामान जलाएको प्रति नेपाल परिवार निकै आक्रोशित बनेका थिए ।

धर्मको अवरणमा पण्डितकी श्रीमतीले महंगो-महंगो कपडा खरिद गर्न शुरुदेखि नै दबाब दिएको बालिकाको आफन्त सारदा न्यौपानले बताईन ।

‘दानमा दिने कुरा त हाम्रो खुशीले हो, तर पण्डितका श्रीमतीले ‘लिष्ट’ नै दिएको बताउदै उनले भने जस्तो सामान नभएपछि सामान जलाएको उनले बताईन । ‘पितृ खुशी हुने बिश्वासको साथ एक सरो कपडा पण्डितलाई दिने हो, तर यहाँ त पण्डितनीलाई खुशी बनाउन दिए जस्तो भयो’ उनले भनिन् ।

एक थान लो बेड सहित सिरक डस्ना, सिरानी दिदैमा पनि ४० हजार रिन भएको न्यौपानले बताईन । तर अहिले पण्डितनीको यस्तो व्यवहारले दुखी बनाएको न्यौपाने बताईन ।

पण्डितनीको यस्तो व्यवहारले मन्दिर आसपासका स्थानियले समेत बिरोध गरेका थिए । यता पण्डितका श्रीमतीले आफुलाई चित्त नबुझेर जलाएको बताईन ।

बालिकाको आफन्त र स्थानियको माझ उनले मन नपरेको सामान मन्दिरमा भित्राउदा लक्षिन नहुने भन्दै आफुले खरानी बनाएको बताईन ।

उनले आक्रोशित हुदै ‘के गर्न सक्छौ गर’ भन्दै सबैलाई चुनौति दिएकी थिइन । पछि प्रहरीलाई समेत बोलाएर छलफल गर्दा आफुले त्यस्तो नगरेको जवाफ दिएकी थिइन । उनले आबेशमा आएर त्यस्तो भएको र माफी दिन आग्रह गरिन् ।

काजकृयामा बसकेकी बालिकोको बुवा मृत्यु भएको २१ दिनमै आमाको पनि मृत्यु भएपछि सोही मन्दिरमा बसेर उनले आमाको काजकृया गरेकी थिइन ।

आमाको काजकृया समेत गर्न खर्च नभएपछि इटहरी संञ्चारकर्मी कृष्णकला राईको पहलमा सहयोग संकलन गरिएको थियो । सो क्रममा मन्दिरमा समेत बालिकाको लागी सहयोग रकम उठेको थियो ।

मन्दिरमा उठेको सहयोग रकम अझै मन्दिरले उपलब्ध नगराएको आफन्तको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...