सीता दाहाललाई भिसा नदिएपछि अमेरिकाविरुद्ध प्रचण्डको विज्ञप्ति !



हाम्रो इकोनोमि

 

पत्नी सीता दाहालसहित परिवारका सदस्यलाई अमेरिकाले भिसा नदिएका कारण त्यसविरुद्ध सत्ताधारी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वक्तव्य आएको संकेत उनका भाईले दिएका छन् ।

 

असंलग्न राष्ट्र रहँदारहँदै भेनेजुएलाको राजनीतिक घटनाक्रममा विभाजित विश्व समुदायबीच नेपालले विज्ञप्ति जारी गर्न जरुरी नभएका बेला एकाएक प्रचण्डको ‘कडा विज्ञप्ति’ले राजनीतिलाई चलायमान बनायो ।

 

तर नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले प्रचण्डलाई भेटेपछि परिवारका सदस्यलाई भिसा दिने सकारात्मक छलफल भएको नारायण दाहालले बीबीसलाई दिएको प्रतिक्रियामा संकेत गरेका छन् । प्रचण्डको पारिवारिक पीडालाई कम गर्न राजदूतसँगको भेटले सघाएको र भ्रमणका लागि राजदूत सकारात्मक भएको भन्ने दाहालको प्रतिक्रिया त्यसैको संकेतका रूपमा बुझिएको छ ।

 

त्यसो भए भिसा नपाएका झोंकमा प्रचण्डले अमेरिकाविरुद्ध बेमौसमी विज्ञप्ति निकालेका थिए त ? उनको विज्ञप्तिमा ‘अमेरिकी साम्राज्यवादी कू’ पनि उल्लेख थियो । जसले नेपालको राजनीति, नेकपाको राजनीति पनि चलायमान भयो । सोही कारण नेपाली कांग्रेस अमेरिकाको पक्षमा उभियो भने सदनमा प्रश्न पनि गरेको थियो ।

 

कतिपय कुटनीतिक जानकारहरूले प्रचण्डको उक्त विज्ञप्तिले अमेरिकासँगको नेपालको सम्बन्ध विगारेको टिप्पणी गरे भने, अमेरिकी सहयोग पनि रोकिनसक्ने चेतावनी दिएका थिए । संक्रमणकालिन न्यायको विषयलाई उठाएर अमेरिकासहित पश्चिमा शक्तिले तत्काल प्रचण्ड र नेकपाका नेतालाई दबाब दिएका थिए । कतिपय विश्लेषकले प्रचण्डको विज्ञप्तिका कारण अमेरिकाले भिसा नदिनसक्ने आँकलन पनि गरेका थिए ।

 

सीतालाई के भयो, अमेरिका नै किन लाग्नुपर्ने ?
बीबीससँगको कुराकानीमा नारायण दाहालले भनेका छन्– ‘सीता दाहाललाई स्मरण शक्ति क्षीण हुँदै जान्छ, रिङ्गटा लाग्ने र हिँड्दा हिँड्दै लड्ने जस्ता समस्या देखिएको छ ।’ त्यसैकारण अमेरिकामा गतिलो उपचारका लागि प्रचण्ड तम्सिएका थिए, भिसा पाएनन् ।

 

‘भाउजू बिरामी हुनुहुन्छ र उहाँलाई अमेरिकामा राम्रो उपचार हुन्छ भनेर त्यहाँ लैजाने कुरा पहिलेदेखि नै भइरहेको थियो। तर कहिले जाने र कुन अस्पतालमा लैजाने भन्ने विषयको टुङ्गो लागिसकेको छैन’ नारायण दाहालले भनेका छन् । उनको संकेत पनि त्यतैतिर ढल्किएको छ ।
नेता दाहालका अनुसार भेटका क्रममा राजदूत बेरी प्रचण्डको अमेरिका भ्रमण योजनाप्रति पनि सकारात्मक थिए ।

 

सीता दाहाल छोरा प्रकाश दाहालको निधनपछि बिरामी छन् । उनलाई नेपालमै र दुईपटक सिंगापुरमा पनि फलोअप उपचार जारी राखिएको छ । सिंगापुरको अस्पतालले सीताको थप उपचार अमेरिकामा गराउँदा उपयुक्त हुने सुझाव प्रचण्ड परिवारलाई दिएको थियो ।

 

कतिपयले अमेरिकाको असन्तुष्टिका कारण प्रचण्डको भ्रमण अन्योलमा परेको ठानिएका बेला दाहालले उक्त कुरा बताएका हुन् । दक्षिण अमेरिकाको बोलिभरियन गणतन्त्र भनिने भेनेजुएलाको आन्तरिक मामिलामा ‘बाह्य हस्तक्षेप’ हुन नहुने भन्दै केही साताअघि नेकपाका अध्यक्ष प्रचण्डले एक वक्तव्य जारी गरेपछि दुई देशबीचको सम्बन्धमा चिसोपन आउन थालेको खबर आएको थियो ।

 

त्यो वक्तव्य सार्वजनिक भएपछि अमेरिकी राजदूतावासले नेपालको परराष्ट्र मन्त्रालयसँग भेनेजुएलाबारे धारणा मागेको थियो । लगत्तै परराष्ट्रले पनि भेनेजुएलामा ‘बाह्य हस्तक्षेप हुन नहुने’ नेपालको अडान दोहोरिएको थियो । तर, एउटा कार्यक्रममा भने प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डको शव्द चिप्लिएको भनी दिएको अभिव्यक्तिले नेकपामा विवाद पनि बनाएको थियो ।

 

प्रचण्ड पत्नी सीता दाहाललाई केही साताअघि उपचारपछि घर फर्किएकी थिइन् । तर नेता नारायण दाहालका अनुसार पछिल्लो प्रचण्ड–बेरी भेटपछि अमेरिका र सत्तारुढ नेकपा अध्यक्ष प्रचण्डबीच हुनसक्ने असमझदारी अब हल भएको छ ।

 

नेकपाका केन्द्रीय सदस्य एवम् पार्टीका प्रदेश ३ का अध्यक्ष समेत रहेका नेता दाहाललाई उदृत गर्दै बीबीसी लेख्छ,‘अध्यक्ष कमरेडको भनाइ अनुसार कुराकानी निकै सौहार्दपूर्ण र असाध्यै राम्रो भयो। भेनेजुएलाका विषयमा दुवै पक्षबीच रहेका सबै भ्रमहरूलाई चिर्ने काम भयो। उहाँ (राजदूत बेरी) एक ढङ्गको सन्तुष्ट हुनु भयो भन्ने कुरा अध्यक्षले गर्नुभयो ।’

 

भेनेजुएलाका विषयमा फरक–फरक वक्तव्य र अभिव्यक्ति आउने क्रम जारी रहँदा नेकपाका दुई अध्यक्षबीच सम्बन्ध चिसिन सक्ने र त्यसले पार्टी एकीकरण प्रक्रियालाई नै प्रभावित तुल्याउने सम्भावना समेत व्यक्त हुन थालिसकेका थिए ।

 

तर बेरीलाई भेटेलगत्तै नेकपाका अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीलाई भेट्न प्रम निवास बालुवाटार पुगेका थिए । त्यहाँ प्रचण्ड र ओलीबीच दुई घन्टा जति कुराकानी भएको नेता नारायण दाहालले बताए ।

प्रतिक्रिया दिनुहोस
ओली पक्राउको विरोधमा एमाले सडकमा

    एमालेले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा संघीय राजधानी काठमाडौंमा प्रदर्शन...

सरकारले प्रतिशोधी निर्णय गर्‍यो : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले संयमताका साथ अगाडि बढ्नुपर्ने सरकारले हतारमा...

पाकिस्तानी र बंगलादेशी मोडल नेपाली समाजले रुचाउँदैन : गोकुल बास्कोटा

    नेकपा एमालेका नेता गोकुल बास्कोटाले बालेन्द्र शाह नेतृत्वको सरकारले अबलम्बन गरेको...

स्वास्थ्य परीक्षण गर्न ओलीलाई टिचिङ अस्पताल लगियो

     नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य परीक्षण गर्न...