रोजेको गीतमा नाच्न नपाउँदा हानियो खुकुरी, तीन घाइते



हाम्रो इकोनोमि

 

विवाहमा आफूले रोजेको गीतमा नाच्न नपाउँदा स्थानीय युवाहरुले पाहुना गएका चार जनालाई खुकुरी प्रहार गरेका छन्।

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–२ फूलबारीस्थित एक विवाहमा स्थानीय युवाहरुले नाच्न नपाएको झोँकमा पाहुना खुकुरी प्रहार गरेका हुन्।

फूलकारीका ६ जना युवाको समुहले ढुङ्गा, मुढा र खुकुरीसहित आक्रमण गर्दा ३ जना घाइते भएको प्रहरीले जनाएको छ।

‘आइतबार राती विवाह सकिएपछि नाच्ने क्रममा स्थानीय युवाहरुबीच गीत छनौट कुरालाई लिएर विवाद भएको थियो।

फुङलिङ नगरपालिकाबाट गएका युवाहरुले सम्झाएछन्,’ जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख सञ्जय सिंह थापाले भने, ‘त्यसपछि हामीलाई तिमीहरुले सम्झाउने ? भन्दै घर फर्कँदै गरेको अवस्थामा बाटो ढुकेर आक्रमण गरी फरार भएछन्।’

राती साढे २ बजे स्थानीय दिलबहादुर तामाङको छोरीको विवाहमा पाहुना गएका फुङलिङ नगरपालिका–८ दोखुका कर्णबहादुर सुनुवार, पेम्बा शेर्पा र पासाङ शेर्पा घाइते भएका छन्।

टाउकोमा चोटा लागेका उनीहरुको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि अन्यत्र रिफर गरिएको छ।

खुकुरी प्रहार गर्नेको खोजी भइरहेको डिएसपी थापाले बताए।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...