व्यक्तिगत लगानीमा घरको छतमा घडी राखेर घण्टाघर



हाम्रो इकोनोमि

 

मान्छेका आ-आफ्नै शोख हरु हुन्छन । वेत्रावतीका एक युवाले आफ्नै घरमा घण्टाघर निर्माण गरेका छन्।

विदुर नगरपालिका १० वेत्रावतीका योगेश डंगोलले आफ्नो घरको छतमा सबैले देख्ने गरी ठूलो घडी राखेर घण्टाघर बनाए का हुन्।

पासाङ ल्हामु मार्गको काठ माडौं-त्रिशूली-धुन्चे सडकमार्गको बीचमा रहेको घरमा डंगोलले सबैले देख्नेगरी आकर्षक घण्टाघर निर्माण गरेका हुन्।

घडीले हरेक घण्टा आसपासमा सुनिने गरी घण्टा हान्छ।

बिजुलीबाट चल्ने यो घडी भारतबाट १० लाख रुपैयाँमा किनेको डंगोलले बताए।

हातहातमा मोबाइल लगायत डिजिटल प्रविधिको प्रयोगले घडीको प्रयोग घटिरहेका बेला घरको छतमा बनेको घण्टाघर देख्दा स्थानीयवासीहरूले पनि रमाइलो मानेका छन्।

९ वर्षदेखि अमेरिकाको न्युयोर्कमा बसोबास गर्दै आएका डंगोलले व्यक्तिगत लगानीमा घण्टाघर बनाएर समयको महत्व दर्साएको स्थानीयवासी बताउँछन्। यो घडी ले जति बज्यो तेतिनै पटक घन्टी बजाउछ ।

यो घडीको आवाज निकै चर्को भएका ले रातको १० बजे पछी भने आफै बज्न छोड्ने बताएका छन् । उनको सुन्दर घरमा घडीले झनै सुनमा सुगन्ध बढाएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...