नेपाल र होन्डुरसका नागरिकद्वारा अमेरिकामा ट्रम्पविरुद्ध मुद्दा दायर



हाम्रो इकोनोमि

 

नेपालीसहित अप्ठेरोमा परेका विभिन्न देशका नागरिकलाई अमेरिकाले उपलब्ध गराउँदै आएको टेम्पोररी प्रोटेक्टेड स्ट्याटस (टीपीएस) प्रणाली अमेरिकाले खारेज गरेको सन्दर्भमा नेपाल र होन्डुरसका केही आप्रवासीले अमेरिकी अदालतमा मुद्दा दायर गरेका छन् । एशोसिएट प्रेस (एपी) ले जनाएअनुसार दुई देशका ६ जनाले सान फ्रान्सिस्कोस्थित संघीय अदालतमा सोमबार यससम्बन्धी मुद्दा दर्ता गरेका हुन् ।

 

मुद्दा दर्ता गर्नेमा अमेरिकामानै जन्मेका दुईजना बच्चासमेत रहेका छन् । सन् २०१५ को भूकम्पपछि अप्ठेरोमा परेका नेपाली नागरिकलाई अमेरिकाले टीपीएस अन्तर्गत सहज रुपमा अमेरिका जाने मौका दिएकोमा नेपालीका लागि दिइएको सो सुविधा जुन २०१९ बाट अमेरिकाले रद्ध गरेको थियो ।

 

होन्डुरसकालाई भने सन् १९९९ बाट त्यहाँको आँधीका कारण दिइएको सुविधा जनवरी २०२० देखि सकिने जनाइएको छ ।  दुई देशका आप्रवासीले अमेरिकी अदालतमा दायर गरेको मुद्दामा अमेरिकी नीतिले जातीय विभेदलाई बल पुर्याएको दाबी गरिएको छ । सो सुविधा पाउने देशका नागरिकले अमेरिकामा बस्न र काम गर्न पाउँथे । अमेरिकाले पछिल्लो समयमा आएर सम्बद्ध देशको अवस्थामा सुधार आएको भन्दै टीपीएसको नीति खारेज गरेको थियो ।

 

यद्यपि यसअघि परेको एउटा मुद्दामा त्यहाँको अदालतले एलसाल्भाडोर, हैटी, निकारागुवा र सुडानका करिब ३ लाख मानिसलाई दिइएको सो सुविधा रोक्ने अमेरिकी प्रशासनको नीतिलाई निस्तेज गरिदिएको थियो । तर गएको अक्टोबरमा भएको सो आदेशमा होन्डुरस र नेपालका कैयौं मानिसहरु भने परेका थिएनन् ।

सोमबार दर्ता गरिएको मुद्दामा टीपीएस सुविधा अन्तर्गत अमेरिकामा बस्ने नेपाली र होन्डुरसका नागरिकको संख्या ५० हजार भन्दा बढी भएको जनाइएको छ । ती मध्ये थुप्रै विद्यालय पढ्ने केटाकेटी रहेको दाबी गरिएको छ ।  त्यस्तो सुविधा लिने नेपालीको संख्या करिब १५ हजार रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...