ओली सरकार बिरुद्ध मुद्दा हाल्न मधेसी जनतालाई प्रचण्डको उर्दी



 

नेकपा अध्यक्ष प्रचण्डले संविधानमै शिक्षा र स्वास्थ्यलाई जनताको मौलिक अधिकार अन्तरगत राखिएको बताउँदै अब गरीबले उपचार नपाएर मर्नु नपर्ने बताएका छन् । सरकारले गरीबको उपचार नगरे मुद्दा हाल्न सकिने प्रचण्डको भनाइ छ ।

 

सिरहाको अर्नमा गाउँपालिका वडा नम्बर-१ महनौरमा निर्मित स्वास्थ्यचौकीको सोमबार उदघाटन गर्दै प्रचण्डले भने- ‘अहिले सरकारले मौलिक अधिकार कार्यान्वयनको प्रक्रिया सुरु गरेको छ । उपचार नपाएर गरिबीका कारण अब कोही मर्नुपर्ने छैन । गरीबको उपचार सरकारले गर्नेछ, नगरे अदालतमा मुद्दा दिन पाइन्छ ।’

 

पूर्वप्रधानमन्त्री एवं सिरहाका पूर्व जनप्रतिनिधिसमेत रहेका प्रचण्डले भने, ‘अहिले भर्खरै उदघाटन भएको स्वास्थ्यचौकीमा एमबीबीएस डाक्टरको व्यवस्था होस् भन्ने तपाईंहरुको मागमा म सकारात्मक छु । डाक्टरसहितको आवश्यक जनशक्तिका लागि मेरो तर्फबाट तपाईंहरुलाई सहयोग रहनेछ ।

 

मधेसको विकासमा शंका नगर्नोस्’

 

प्रचण्डले नेकपाको सरकारले मधेसको विधासमा ध्यान दिँदैन कि भनेर शंका नगर्न सिराहाबासीसमक्ष आग्रह गरे । ‘नेकपाले मधेसमा पूर्वाधार निर्माणका प्याकेज अगाडि सारेको छ’ प्रचण्डले भने, ‘तराई मधेसको निम्ति झण्डै तीन अर्ब रुपैयाँको विशेष व्यवस्था भइसकेको छ ।’

 

सिँचाई र खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि सम्बन्धित मन्त्रालयमा कुरा राखेको प्रचण्डको भनाइ थियो । साथै उनले सिराहालाई आँपको जोनका रुपमा विकास गर्न पहल गर्नेसमेत बताए । धानखेतीमा पनि सिराहा उर्बर जिल्ला रहेको बताउँदै उनले यसलाई धानको सुपरजोनका रुपमा विकास गर्न आफ्नो तर्फबाट सहयोग रहने प्रतिवद्धता व्यक्त गरे । पूर्वाधार विकास, उत्पादन वृद्धि, रोजगारी सृष्टि, निर्यात बढाउने र आयात घटाउने काममा पार्टी र सरकार लागिपरेको प्रचण्डले बताए ।

 

‘संविधान संशोधनको पहल गरेको छु’

नेकपा अध्यक्ष प्रचण्डले मधेसी जनताको अधिकारको पक्षमा संविधान संशोधनका लागि लगातार पहल गरिरहेको समेत कार्यक्रममा बताए ।उनले भने, ‘संविधानलाई मधेसी जनताको आवश्यकताअनुसार संशोधन गर्दै जाने भनेर प्रधानमन्त्री केपी ओली, मैले र उपेन्ऽ यादवले हस्ताक्षर गरेका छौं ।’

 

मधेशसँग लभ परेका प्रचण्ड माइती झरे

 

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले विगतमा  मधेशसँग लभ परेको स्मरण गरेका छन् । साेमबार सिरहा आइपुगेका अध्यक्ष प्रचण्डले आफु मधेश झर्दा माइती आएको चेली जस्तै  भएको बताएका हुन् ।

 

सिरहाको महनौरमा स्वास्थ्य चौकी भवन उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले २०७० सालको निर्वाचनमा आफुलाई सिरहावासीले विश्वास गरेर जिताएको स्मरण गरे । उनले भने, आफु दोस्रो पटक प्रधानमन्त्री हुँदाको वखत संविधान संशोधन मार्फत मधेशको समस्या हल गर्न पहल गरेको दावी गरे ।

उनले नागरिकता सम्बन्धी विधेयक संसदमा पेश भएर छलफल भइरहेकाले जन्मसिद्धका आधारमा नागरिकतामा कुनै पनि समस्या नहुने बताएका छन् । प्रचण्डले प्रधानमन्त्री ओलीसँग आफ्नो कुनै पनि मतभेद नभएको स्पष्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस
जनताको रोजाईको पार्टी एमाले : शंकर पोखरेल

    नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेकपा एमाले जनताको रोजाइको पार्टी

गौशालामा काठमाडौं महानगरको डोजर

    काठमाडौं महानगरपालिकाले गौशाला क्षेत्रका अतिक्रमित संरचना भत्काएको छ ।आज डोजरसहित पुगेको

बयान सकेर रविलाई पोखरा फर्काइयो

    रुपन्देहीमा ३ दिनको बयान सकेर रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई

हेटौँडा-१२ मा चुनावी सरगर्मी बढ्दो, एमालेको पल्लाभारी

    प्रमुख राजनीतिक दलले हेटौँडा उपमहानगरपालिका–१२ को रिक्त वडाध्यक्ष पदका लागि यही