सुपरमार्केटमा बिल तिर्न नसकी रुन लागेकी महिलालाई क्याशियरले सुटुक्क भने ३ शब्द



हाम्रो इकोनोमि

 

अमेरिकाको टेक्सासस्थित वालमार्ट शपिङ सेन्टरमा एक महिला शपिङ गर्न पुगिन् । शपिङ सकेपछि महिला छोरीसँग पैसा तिर्न लाइनमा लागिन् ।

महिलाले घरमा चाहिने खाद्यान्न र अन्य जरुरी सामान किनेकी थिइन् । जब सबै सामानको मूल्य सूची बनाएर बिल निस्किन्छ महिलाको सातो जान्छ ।

महिलाले पर्समा हेर्दा उनीसँग त्यति पैसा थिएन ।

यो देखेर महिला आत्तिन्छिन् । उनी रुन लागेकी थिइन्, अगाडि उभिएका क्याशियरले उनको स्थिति बुझे ।

क्याशियरले महिलाको स्थिति बुझेपछि विस्तारै उनको हात समातेर उनलाई छेउ लगाउँछन् ताकि उनीभन्दा पछाडि लाइनमा रहेका ग्राहकले बिल तिर्न सकुन् ।

त्यसपछि क्याशियरले महिलाको कानमा ३ शब्द भन्छन् जो सुनेर महिलाको आँखामा आँसु आउँछन् ।

वास्तवमा ती क्याशियरले बुझिसकेका थिए कि महिलाको आर्थिक स्थिति ठिक छैन । उनको ट्रलीमा खाद्यान्न थियो र अन्य कुरा पनि खानपिनकै थिए । तर, जब उनले देखे कि महिला बिल देखेर असहज भइन्, उनले महिलाको मद्दत गर्ने उद्देश्यले उनलाई लाइनबाट छेउ लगाए र भने ‘मैले कुरा बुझिसकें ।’

उनले महिलालाई छेउ लगाएपछि अगाडि भने ‘म्याडम अझै एक छिन पर्खन सक्नुहुन्छ भने पूरै बिल म तिरिदिन्छु ।’ क्याशियर चाहँदैनथे कि ती महिलालाई आफ्नो आर्थिक स्थितिका कारण आफूभन्दा पछाडि लाइनमा उभिएका ग्राहकको अगाडि लज्जित हुनु नपरोस् । तर, एक व्यक्तिले भने यो सबै घटनाक्रम देखे । ती व्यक्तिले चुपचाप सबै घटनाक्रम हेरे र पछि सामाजिक संजालमा ती क्याशियरको सहयोगी भावनाको कहानी शेयर गरिदिए । ती व्यक्तिले सामाजिक संजालमा यो घटना शेयर गर्दै लेखेका छन् ‘महिलाले विस्तारै क्याशियरसँग भनिन् कि यो सबै सामान किन्न म सक्षम छैन त्यसैले केही सामान म यहीँ फिर्ता राखिदिन्छु । यो सुनेर क्याशियरले भने केही बेर पर्खनुहोस् । तपाइँको पछाडि उभिएका मानिसहरुको बिल लिएपछि म तपाइँको बिल तिरिदिन्छु ।’

अमेरिकी संचारमाध्यममा आएका समाचारमा उल्लेख भएअनुसार ती क्याशियर १९ वर्षका जेआर लोपेज हुन् । लोपेज आफैं पनि निकै आर्थिक अभावमा गुजारा गरिरहेका व्यक्ति हुन् । उनी कलेजमा पढ्दैछन् र कलेजको फी तिर्नको लागि उनी कलेजपछिको समयमा सुपरमार्केटमा काम गर्छन् । यसका बावजुद उनले आफ्नो थोरै पारिश्रमिकबाट पनि महिलालाई सहयोग गरेका थिए ।

सामाजिक संजालमा उनको कहानी भाइरल भएपछि अमेरिकी मिडिया लोपेजको घरमै पुगेका थिए । अमेरिकी मिडियालाई प्रतिक्रिया दिँदै लोपेजले यो सहयोगी भावना आफूलाई भित्रैबाट आएको बताए । लोपेजले भने ‘ती महिला रुन लागेकी थिइन् । मैले बुझिसकेको थिएँ कि उनी समस्यामा थिइन् । मलाई भित्रबाट यस्तो लाग्यो कि ईश्वरले मलाई उनको मद्दत गर्न आदेश दिएका छन् । मैले त्यही गरें ।’ लोपेजले यसअघि पनि यसरी कैयौं पटक समस्यामा परेका व्यक्तिलाई सहयोग गरिसकेका छन् । उनी भन्छन् ‘कसैको खुसीको कारण बन्न सकें भने मेरो जीवनको उद्देश्य पूरा हुनेछ

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...