२५ वर्षदेखि बाँझो जग्गामा ५ युवाले गरे सामूहिक खेती, वार्षिक २५ लाख आम्दानी



हाम्रो इकोनोमि

 

डडेल्धुराको गन्यापधुरा र अमरगढी नगरपालिकाका ५ युवाले सामूहिक खेती गर्दै आएका छन् । २५ वर्षदेखि बाँझो रहेको १०२ रोपनी जग्गा भाडामा लिई उनीहरुले एकै वर्षमा २५ लाख रुपैयाँ आम्दानी गरेका छन् ।

स्थानीयवासी दत्तराज अवस्थी, रामचन्द्र जोशी, पदम अवस्थी, पदम ऐर र सीताराम जोशीले ‘भागेश्वर एग्रिकल्चर एण्ड लाइभस्टक’ स्थापना गरी सामूहिक रुपमा तरकारी खेती गर्न थालेका हुन् । उनीहरूले १२ जनालाई रोजगारीसमेत दिएका छन् ।

यस क्षेत्रका अन्य युवा मिलेर बाँझो जग्गामा विभिन्न तरकारीका बीउ उत्पादन गर्दै आएका छन् । तराईमा बसाइँ सरेपछि गाउँको बाँझो जग्गाको उपयोग गरी मुनाफा हुन थालेपछि अन्य युवासमेत तरकारी खेतीतर्फ आकर्षित भएको रामचन्द्रले बताए । अर्का सञ्चालक सदस्य सीताराम पहिलो पटक १०० क्विन्टल आलुको बीउ उत्पादन भएको बताउँछन् । उनले भने, ‘रु दश लाख लगानी गरी यस वर्ष २५ लाख रुपैयाँ कमाइ भएको छ ।’ बजारमा शुद्ध आलुको बीउको अभाव हुँदा बीउ उत्पादनमा जोड दिएको उनको भनाइ छ ।

सीतारामका अनुसार फार्मको मुख्य उद्देश्य बाँझो जमीनलाई खेतीयोग्य भूमिमा रूपान्तरण गरी गाउँको बेरोजगारी घटाउन प्रयास गर्नु हो । पहिलो चरणमा कम्पनीले बेरोजगार महिला र पुरुषलाई वर्षमा झण्डै १२० दिन रोजगारी दिएको छ । आफू पनि रोजगार हुने र बेरोजगार युवालाई पनि काम दिन सकिने भएपछि युवाहरू यसरी सामूहिक खेतीतर्फ आकर्षित हुन थालेका छन् । सञ्चालक सदस्य दत्तराजले भने, ‘कम्पनी गठन गरी व्यावसायिक खेती शुरु गर्दा धेरैले विश्वास गरेका थिएनन् । एकै वर्षमा लाखौँ रुपैयाँ मुनाफा भएपछि सबै आश्चर्यचकित भएका छन् ।’

सिँचाइ अभाव र खेतीबारे ज्ञान नहुँदासमेत युवाको प्रयास उदाहरणीय रहेको कृषि ज्ञान केन्द्रका वरिष्ठ कृषि प्राविधिक टेकबहादुर विष्ट बताउँछन् । यहाँ उत्पादन भएको आलुको बीउ यस वर्ष सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा बिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...