पाँच वर्षे छोरीले चकचक गरेर टिभी हेर्न दिइनन्, आमाले मैनबत्तीले २० ठाउँमा पोलिदिइन्



हाम्रो इकोनोमि

 

भनिन्छ आमा बुवाले सन्तानलाई कहिले क्षती पुर्याउन सक्दैनन् ।

बच्चाहरुको आमा–बुवासँग भावनात्मक सम्बन्ध हुने पनि बताइन्छ ।

तर सबैमा यो लागू नहुने घटना सार्वजनिक भएको छ ।

भारतको जयपुरस्थित एउटी आमाले आफ्नी पाँच वर्षे छोरीलाई मैनबत्तीले पोलिदिएकी छिन् ।

भारतीय मिडियामा सार्वजनिक भएको खबर अनुसार बालिकाले चकचक गरेर आमालाई टिभी हेर्न दिइरहेकी थिइनन् ।

आमालाई जब सिरियल हेर्न छोरीका कारण पटक–पटक समस्या भयो तब उनले छोरीलाई मैनबत्तीले २० ठाउँमा पोलिदिइन् ।

आमाको यो काममा उनकी काकी रिन्कीले पनि सहयोग गरिरहेको बताइन्छ ।

बालिकाका पिताले पुलिसलाई यसबारे जानकारी दिएपछि उनीहरुलाई पक्राउ गरिएको छ ।

पुलिसका अनुसार तरकारी बेच्ने घनश्याम यादव बेलुका घर आएपछि उनकी छोरीको पिठ्युँ र गर्धनमा घाउ देखे ।

जब पोलेको दाग देखेपछि पिताले छोरीलाई सोधे तब उनले आमा र काकीले मैनबत्तीले पोलिदिएको बताएपछि उनले पुलिसलाई यसको उजुरी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...