होसियार ! छ्यापछ्याप्ती नक्कली नोट



हाम्रो इकोनोमि

 

पोखरामा पछिल्लो समय १ हजार रुपैयाँका नक्कली नोट देखिन थालेका छन् । एउटै नम्बरका नोट दिनदिनै देखिन थालेको बैंक अधिकारीले बताएका छन् । लुम्बिनी विकास बैंकको पोखरा न्युरोड शाखामा १ हप्ताभित्रै ५ वटा नक्कली नोट आएका छन् ।

समा धान दैनिकमा खवर छ ।‘नक्कली नोटको कारोबार पछिल्लो समय अलि बढेको देखिन्छ,’ शाखाकी अपरेसन इन्चार्ज सफिना जोशीले भनिन्, ‘अहिले आएर दैनिक आउन थालेको छ ।’

उनले पछिल्लो हप्तामात्रै १ हजारका २ वटा नोट एउटै नम्बरको आएको बताइन् ।नक्कली नोट दैनिक जसो आउने भए पनि एकैपटक ठूलो मात्रामा भने नआएको जोशीले सुनाइन् ।

‘एकैचोटि ठूलोमात्रामा नक्कली नोट भने हामी कहाँ आएका छैनन् । तर दिनहुँ आइरहन्छन्,’ उनले भनिन् ।

सेवाग्राहीले ल्याएको नोट ‘फेक नोट डिटेक्टर’मा परीक्षण गर्दा नक्कली नोट भेटिएको उनले प्रष्ट्याइन् ।

‘फेक नोट डिक्टेटरमा नोट चेक गर्दा उज्यालो बत्ती बल्छ,’ जोशीले भनिन्, ‘कुनै—कुनै नोट पुरानो वा खुइलिएर पनि त्यस्तो बत्ती बल्न सक्छ ।’ नक्कली नोटमा प्राय एउटै नम्बर हुने गरेको एनआरबी संकेत पनि नहुने उनले जनाइन् ।

पछिल्लो समय पोखरामा नक्कली नोट देखिन थालेकाले कार्यालयका सम्पूर्ण कर्मचारीलाई सजग रहन आग्रह गरिसकेको बैंकले जानकारी दिएको छ ।

पोखरामा पछिल्लो साउन यतामात्रै २ सयवटा नक्कली नोट भेटिएको नेपाल राष्ट्र बैंक पोखराले जनाएको छ ।

‘एकैचोटि ठूलो गिरोह फेला परेको छैन तर फाट्टफुट्ट फेला परिरहेका छन्,’ राष्ट्र बैंक पोखराका निर्देशक पोमनाथ गौतमले भने । उनले नक्कली नोटको गिरोह पत्ता लगाउन बैंकदेखि सहकारीसम्म सूचना जारी गरिसकेको जानकारी दिए । ‘बैंक पैसा राख्न आउँदा व्यक्ति आउँछन् या समूह आउँछ । त्यसबारे निगरानी गर्न भनेका छौं,’ गौतमले भने, ‘एकै पटक ठूलो मात्रामा नक्कली नोट नआएकाले पनि कारोबारी पत्ता लगाउन गाह्रो छ ।

नक्कली नोटको कारोबारी पत्ता लगाउन प्रहरीसँग समन्वय गरेर कारबाही गरिने उनको भनाइ थियो । उनले नक्कली नोट रोक्न प्रहरीमा पनि उजुरी दिइसकेको जानकारी दिए । एउटा नोट मात्रै आउँदा उक्त व्यक्ति नै अपराधी प्रमाणित हुन नसकिने भएकाले जा ली नोटको प्रेस समात्न नै गाह्रो रहेको प्रष्ट्याए । फाटफुट नक्कली नोट पोखरामा मात्रै नभएर नेपालभरि नै भटिरहेको उनले सुनाए ।नक्कली नोट सक्कली नोेटको तुलनामा हल्का हुने र कागजमा पानी राख्दा फुल्ने नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ। नक्कली नोटमा छाँयामा चित्र पनि हुँदैन, नोटमा पानी राख्दा सोस्छ । सक्कली नोटले सोस्दैन,’ गौतमले भने ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...