म सभापतिमा लड्न तयार छु : गगन थापा
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले पार्टी महाधिवेशनलाई पछाडि धकेलेर कांग्रेसलाई फाइदा नहुने बताएका छन् । नेपाल प्रेस युनियन गोरखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नेता थापाले महाधिवेशनलाई दुई–अढाइ वर्ष पछाडि धकेल्दा यसले पार्टीलार्ई बलियो नबनाउने भन्दै तत्काल महाधिवेशनको काम शुरु गर्नुपर्नेमा जोड दिऐ ।
‘कांग्रेसले अधिवेशन पछाडि लैजानुपर्ने कुनै कारण छैन’, उनले भने, ‘सरकारको जिम्मेवारीमा नभएको बेला पार्टीको महाधिवेशनलाई दुई वर्षका लागि म्याद थपेर फाइदा हुँदैन बरु महाअधिवेशनमा गएर सङ्गठन बनाउन लाग्नुपर्छ ।’
नेता थापाले पार्टीको आगामी महाधिवेशन पहिलो पुस्ताका नेताले विश्राम लिने महाधिवेशन बनाउनुपर्ने भन्दै त्यसका लागि आफू सभापति लड्न पनि तयार रहेको बताए । ‘अरु कसैले आँट गर्नुभएन भने म आँट गर्न तयार छु’, उनले भने, ‘तर आगामी महाधिवेशनलाई जसरी पनि पहिलो पुस्ताका नेताले विश्राम लिने महाधिवेशन बनाउनु पर्छ ।’
अब पार्टीका पुराना नेताले अभिभावकको जिम्मेवारी निर्वाह गर्नुपर्ने बेला आएको भन्दै नेता थापाले उनीहरुबाट अबको पुस्ताको चाहना पूरा हुनै नसक्ने जिकिर गरे । ‘युवा अब पार्टीको मूल जिम्मेवारीमा आउनु पर्छ भन्नेमा म दृढ छु’, उनले भने, ‘अब पूराना नेतालाई बढो सम्मान दिएर राख्ने छौं ।’
नेता थापाले अहिलको कांग्रेस जमेको पोखरी जस्तो भएको भन्दै अब पार्टीलाई बगेको नदी जस्तो जीवन्त बनाउने बेला आएको बताए । पार्टी सञ्चालनमा व्यक्तिगत सम्बन्धमा हावी भएकाले समस्या भएको उनको तर्क छ । ‘शीर्ष नेता मिलेका बेला विधान चाहिँदैन, जब सामान्य समस्या आउँछ अनि नेता विधान पल्टाउन थाल्नु हुन्छ’, उनले भने, ‘यही कारणले पार्टीभित्र समस्या उत्पन हुने गरेको हो ।’
भीम रावलले गरे यस्तो खर्तनाक खुलासा, ओली र दाहाल तनावमा
भेनेजुएला प्रकरण सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र पेचिलो बन्दै गरेका बेला नेता भीम रावलको पछिल्लो प्रतिक्रियाले विभिन्न आशंकाहरू उब्जाइदिएको छ ।
नेकपाका प्रभावशाली नेता रावलले पार्टीभित्र ठूलो जोखिम उत्पन्न भएको समेत बताएका छन् । रावलले साना घटनाहरूले कम्युनिस्ट पार्टीहरू विभाजन भएका उदाहरण दिँदै नेकपाभित्र संकटहरू रहेको बताएका छन् ।
रावलले कम्युनिस्ट पार्टीहरू सामान्य विषयमा पनि टुटफुट भएको स्मरण गराएका छन् । उनको यो अभिव्यक्तिले नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओली र दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई तनाब बढाइदिएको छ ।
नेता रावलको ट्वीटले नेकपाका ठूला नेता र कार्यकर्ताहरूमा चिन्ता बढाइदिएको छ । उनले देश र वर्तमान सरकारको बारेमा सार्वजनिक रुपमा विवाद गर्दा कम्युनिस्ट पार्टी विभाजन भएको उदाहरण दिएका छन् । रावलले पार्टी समायोजन गरेर छिटोभन्दा छिटो काम गरी विभाजनको पीडाबाट बच्न सुझाव दिएका छन् ।
‘विगतमा कुनै देश र सरकार विशेषबारे सार्वजनिक रूपमा धेरै विवाद गर्दा कम्युनिष्ट पार्टीमा विभाजन समेत आएको स्मरण गर्दै संयमित भएर विधि र बैठकबाट विवाद टुंग्याउनु र पार्टी एकीकरणको काम अविलम्व पूरा गर्नु बुद्धिमानी कार्य ठहरिनेछ’, उनले भनेका छन् । भेनेजुएलाको समर्थन गर्दै दोस्रो तहका अध्यक्ष दाहालले विज्ञप्ति जारी गरेपछि उत्पन्न भएको विवादले साम्य हुने संकेत गरेको छैन ।
पछिल्लो समयमा ओली र दाहालबीच सार्वजनिक रुपमै एकले अर्काको आलोचना हुन थालेको छ । भेनेजुएला प्रकरणले बालुवाटार र खुमलटारबीच दूरी बढ्दै गएको छ । यो अवस्था रह्यो भने नेकपाभित्र अनिष्ट हुने रावलको चिन्ता छ ।