यीनै हुन डिएसपी ज्ञवाली : जसले उजुरी दिएको एक घण्टाभित्रै पक्राउ परे बलात्कारी



हाम्रो इकोनोमि

 

पूर्वी चितवनको पर्यटकीय नगरी सौराहामा १३ वर्षीय बालिकालाई बिभत्स ढंगबाट बलात्कार गर्ने दुई युवालाई रत्ननगर प्रहरीले साढे १ घण्टामै पक्राउ गरेको छ ।

बालात्कृत बालिकाले आमालाई भनेलगत्तै प्रहरीमा जानकारी आएपछि चारैतिर सर्च अभियान चलाएर रत्ननगर प्रहरीले बालिक बलात्कार गर्ने बारा जिल्ला घर भै चितवनमा लेबर काम गर्दै आएका अजय कुमार र गंगा चौधरीलाई पक्राउ गरेको हो ।

उनीहरुले बालिकालाई ललाइफकाइ बलात्कार गरेको ईलाका प्रहरी कार्यालय रत्ननगरका टाडीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी( दयानिधि ज्ञवालीले जानकारी दिनुभयो ।

डिएसपी ज्ञवालीका अनुसार अस्मिता (नाम परिर्वन) लाई मदिरा सेवन गरेका दुई युवाले बलात्कार गरेका थिए । ती दुई युवाले बालिकालाई पालैपालो विभत्स रुपमा बलत्कार गरी भागेका थिए ।

बलात्कारको सूचना पाएपछि डिएसपी ज्ञवालीले तत्काल बछौली प्रहरी चौकीका प्रहरी नायब निरीक्षक विश्व सुवेदी र इलाका प्रहरी कार्यालय टाँडीका नायब निरीक्षक प्रकाश सिंखडाको टोली परिचालन गरेर शुक्रबार राति नै बलात्कारी युवाहरुलाई पक्राउ गराउनु भएको हो ।

“पीडितबाट घटनाभएको खबर पाएपछि तत्कालै विशेष टोली बनाएर अभियुक्तलाइ पक्राउ गर्न सफल भएका हौँ,” डिएसपी ज्ञवालीले जनताटाइम्ससँग भन्नुभयो । उहाँका अनुसार घटना शुक्रवार अपरान्ह चार बजे भएको थियो । पीडितकी आमाले प्रहरीलाई जानकारी गराएको साढे एक घण्टाभित्र बलात्कारमा संलग्नहरुलाई पक्राउ गरिएको थियो ।

प्रहरीका अनुसार बलात्कारी दुवै जना र पीडित बालिका एउटै घरमा भाडामा बस्दै आएका थिए । उनीहरुले नै बिभत्स तरिकाले छोरीलाई बलात्कार गरेको आमाले बताएकी हुन । पीडितकी आमाले दोषीहरुलाई हदैसम्मको कारबाहीको माग गर्दै पक्राउको तत्परता देखाएकोमा प्रहरीलाई धन्यवाद दिनुभयो ।

रत्ननगर टाँडी प्रहरीले पछिल्लो पटक हिँसा र अपराधक घटनाहरुलाई नियन्त्रण गर्ने अभियान चलाएको छ । डिएसपी ज्ञवालीका अनुसार यो वर्षभित्र यस्ता बलात्कारका घटना संलग्न सातजनालाई कारबाही गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...

३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...