भीम रावलले गरे यस्तो खर्तनाक खुलासा, ओली र दाहाल तनावमा



 

भेनेजुएला प्रकरण सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र पेचिलो बन्दै गरेका बेला नेता भीम रावलको पछिल्लो प्रतिक्रियाले विभिन्न आशंकाहरू उब्जाइदिएको छ ।

 

नेकपाका प्रभावशाली नेता रावलले पार्टीभित्र ठूलो जोखिम उत्पन्न भएको समेत बताएका छन् । रावलले साना घटनाहरूले कम्युनिस्ट पार्टीहरू विभाजन भएका उदाहरण दिँदै नेकपाभित्र संकटहरू रहेको बताएका छन् ।

 

रावलले कम्युनिस्ट पार्टीहरू सामान्य विषयमा पनि टुटफुट भएको स्मरण गराएका छन् । उनको यो अभिव्यक्तिले नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओली र दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई तनाब बढाइदिएको छ ।

 

नेता रावलको ट्वीटले नेकपाका ठूला नेता र कार्यकर्ताहरूमा चिन्ता बढाइदिएको छ । उनले देश र वर्तमान सरकारको बारेमा सार्वजनिक रुपमा विवाद गर्दा कम्युनिस्ट पार्टी विभाजन भएको उदाहरण दिएका छन् । रावलले पार्टी समायोजन गरेर छिटोभन्दा छिटो काम गरी विभाजनको पीडाबाट बच्न सुझाव दिएका छन् ।

 

‘विगतमा कुनै देश र सरकार विशेषबारे सार्वजनिक रूपमा धेरै विवाद गर्दा कम्युनिष्ट पार्टीमा विभाजन समेत आएको स्मरण गर्दै संयमित भएर विधि र बैठकबाट विवाद टुंग्याउनु र पार्टी एकीकरणको काम अविलम्व पूरा गर्नु बुद्धिमानी कार्य ठहरिनेछ’, उनले भनेका छन् । भेनेजुएलाको समर्थन गर्दै दोस्रो तहका अध्यक्ष दाहालले विज्ञप्ति जारी गरेपछि उत्पन्न भएको विवादले साम्य हुने संकेत गरेको छैन ।

 

पछिल्लो समयमा ओली र दाहालबीच सार्वजनिक रुपमै एकले अर्काको आलोचना हुन थालेको छ । भेनेजुएला प्रकरणले बालुवाटार र खुमलटारबीच दूरी बढ्दै गएको छ । यो अवस्था रह्यो भने नेकपाभित्र अनिष्ट हुने रावलको चिन्ता छ ।

 

सरकारका राम्रा कामविरुद्ध प्रचार नगर्न मन्त्री अर्यालको चेतावनी

 

भूमि व्यवस्था गरिवी निवारण तथा सहकारीमन्त्री पद्माकुमारी अर्यालले सरकारले गरेको राम्रो कामसँग आत्तिएर सरकारका विरुद्धमा अनावश्यक प्रचार गरिएको बताएकी छिन ।

 

तुलसीभञ्ज्याङ साना किसान कृषि सहकारी संस्था लिमिटेडले आयोजना गरेको पवर्तित लेखवेसी भीरकोट, तम्कीकोट गल्याङ, कारीकोट कालिगण्डकी, आलमदेवी कालिगण्डकी साना किसान कृषि सहकारी संस्थाहरुको शनिबार गल्याङ, स्याङ्जामा व्यवस्थापन हस्तान्तरण गर्दै मन्त्री अर्यालले त्यस्तो बताइन ।

 

सरकारलाई अप्ठ्यारोमा पार्न केही समूह लागिरहेको भन्दै मन्त्री अर्यालले सरकारले सबै कुराको सामाना गरेरै भए पनि सुखि नेपाली समृद्ध नेपालको अभियानलाई पूरा गरेरै छाड्ने बताइन । उनले भनिन, ‘सरकारले गरेका हरेक कामको विरोध गर्नुको कुनै अर्थ छैन । के विकासका योजना ल्याउनु नाजायज हो ?’

 

समाज नकारात्मक दिशातर्फ अगाडि बढेकोप्रति चिन्ता व्यक्त गर्दै मन्त्री अर्यालले सरकारले गरेको राम्रो कामको पनि बिरोध गर्नु दुःखद कुरा भएको बताइन ।

 

सरकारले भू–उपयोग नीति ल्याउने तयारीमा रहेको बताउँदै मन्त्री अर्यालले भू–उपयोग सम्बन्धी स्पष्ट नीति नहुदा खेतियोग्य जमीन मासिदै गएको र गाउँघरमा जमीन बाझो हुने क्रम बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरिन ।

 

जनताको स्वामित्वमा भएको जमीन सके सरकार आफैले भाडामा लिएर काम गर्ने र अरु कसैले चाहे भाडामा दिएर भएपनि खेतीयोग्य जमीनको सदुपयोग गर्नुपर्ने उनको भनाइ थियो ।

 

आफूले जमीन बाँझो राख्न नपाउने कुरा गर्दा अनावश्यक रुपमा सामाजिक संञ्जालमा टिका टिप्पणी भएको समेत उनले बताइन । ‘कसैले परिश्रम गरिगरे पनि गरिब भइरहने र केही व्याक्ति बिना परिश्रम धनि हुने कुराको अन्त्य हुनुपर्छ। यसका निम्ति तपाईं हामी उत्पादनमा लाग्नैपर्छ’, मन्त्री अर्यालले भनिन । देशको विकासको लागि छिमेकीको मुख ताकनुपर्ने अवस्था आउनु दुःखद पक्ष भएको बताउदै उनले देशको विकासको लागि सबै एकै ठाउँमा आउनुपर्ने बताइन ।

 

मन्त्री अर्यालले सरकारले कुनै पनि अपराधीलाई संरक्षण नगर्ने बताउँदै निर्मला पन्तको बलात्कार पछि हत्यामा संलग्न व्यक्तिलाई कुनै पनि हालतमा सरकारले कारबाही नगर्ने बताइन । सरकारले अपराधीलाई जसरी भएपनि कारबाही गरेरै छाड्ने बताउँदै अपराधमा संलग्न कसैले उन्मुक्ति नपाउने उनको भनाइ थियो । राज्यले अपराधीलाई खोज्न हरतरहले कोशिश गरिरहेको भन्दै उनले कुनै न कुनै दिन अपराधी पक्राउ पर्ने बताइन ।

मन्त्री अर्यालले किसानले उत्पादन गरेका वस्तुको बजारिकरणको जिम्मा सरकारले लिने बताइन । देशमा बढ्दो बेरोजगारी समस्या र गरिवी न्यूनीकरणको लागि सबै जनतालाई उत्पादनसंग जोड्नु पर्नेमा जोड दिदै मन्त्री अर्यालले स्रोतसाधनको सही सदुपयोग गर्न नसके आत्मनिर्भर बन्न नसकिने बताइन ।

प्रतिक्रिया दिनुहोस
जनताको रोजाईको पार्टी एमाले : शंकर पोखरेल

    नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेकपा एमाले जनताको रोजाइको पार्टी

गौशालामा काठमाडौं महानगरको डोजर

    काठमाडौं महानगरपालिकाले गौशाला क्षेत्रका अतिक्रमित संरचना भत्काएको छ ।आज डोजरसहित पुगेको

बयान सकेर रविलाई पोखरा फर्काइयो

    रुपन्देहीमा ३ दिनको बयान सकेर रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई

हेटौँडा-१२ मा चुनावी सरगर्मी बढ्दो, एमालेको पल्लाभारी

    प्रमुख राजनीतिक दलले हेटौँडा उपमहानगरपालिका–१२ को रिक्त वडाध्यक्ष पदका लागि यही