कर्ण थापालाई कार्यकर्ताद्वारा सांकेतिकरूपमा बहिष्कार ।



हाम्रो इकोनोमि

 

 

आफूभन्दा वरिष्ठ नेताका विरुद्ध बोल्दै हिड्ने पत्रपत्रिकामा नानाथरीका विषय लेखाउदै आएका सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्णबहादुर थापालाई कार्यकर्ताले सांकेतिकरुपमा बहिस्कार गरेका छन । स्थायी समिति सदस्य तथा सुदरपश्चिम प्रदेश इन्चार्ज भीमबहादुर रावल, स्थायी समिति सदस्य लेखराज भट्टसंगै शनिबार काठमाडौबाट धनगढी विमास्थल आएका थापालाई कार्यकर्ताहरुले माला र खादा नलगाएर सांकेतिक बहिस्कार गरेका हुन । रावल र भट्टको घाँटी भरी खादा र माला हुँदा घाटी रित्तै भएका थापाको हालत देखेर प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले खादा लगाइदिएका थिए ।

मुख्यमन्त्री त्रिलोचन भट्ट, पूर्वाधार विकासमन्त्री पठानसिंह बोहराबाहेकका छ जना मन्त्री, धेरै प्रदेशसभा सदस्य र दुई सयको हाराहारीमा रहेका कार्यकर्ताहरु विमानस्थल पुगेका थिए । थापाले म कार्यकारी हुँ मैले कसैको निर्देशन मान्नु पर्देन, इन्चार्ज, सहइन्चार्जले समन्वय मात्रै गर्ने हो भन्ने अभिव्यक्ती दिदै आएका थिए ।

रावल र भट्टसंगै आएपनि कार्यकर्ताको राम्रो व्यवहार नपाएका थापा निराश देखिन्थे । रावल र भट्ट गाडीमा धनगढीस्थित प्रदेश कार्यालय हिडेपनि थापालाई भन्ने कसैले गाडीको व्यवस्था गरेको देखिएन । पछि व्यापारी राजू वमले आफ्नो गाडीमा उनलाई धनगढी लगि दिएका थिए ।

गाडी नभएपछि अलपत्र देखिएका थापालाई केही कार्यकर्ताले ट्याक्सी छ त्यसैमा जानुस भन्दै जिस्काउन समेत भ्याएका थिए । हालै प्रदेश बैठकमा नसुनिएका नाम सहित प्रधानमन्त्री केपी ओली आउने भनिएको कार्यक्रमको तयारी समिति बनाउन खोज्दा विवाद भएको थियो । विवाद लम्विदै जाँदा ओली आएनन् ।

ओली २० गते धनगढी आउने कार्यक्रम थियो । तर ओलीलाई रावलले ल्याउन दिएनन भन्दै उनले काठमाडौको एक साप्ताहिकमा समाचार लेख्न लगाएका थिए ।

जवकी विवाद भएको बैठक वारे रावल र भट्टलाई जानकारी नै थिएन । थापाले गल्ती भयो सल्लाह लिनु पर्ने थियो भनेपछि रावल र भट्ट धनगढी आएर प्रधानमन्त्रीको भ्रमण गराउन जुटेका हुन । सम्भव त फागुनको पहिलो साता ओली धनगढी आउने कार्यक्रम तय हुने देखिएको छ ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस
ओली पक्राउको सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय

    नेकपा एमलेले पुर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल...

स्वास्थ्य परीक्षण रिपोर्टपछि ओली अस्पतालमा भर्ना

    पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई त्रिवि शिक्षण...

ओली पक्राउको विरोधमा एमाले सडकमा

    एमालेले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा संघीय राजधानी काठमाडौंमा प्रदर्शन...

सरकारले प्रतिशोधी निर्णय गर्‍यो : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले संयमताका साथ अगाडि बढ्नुपर्ने सरकारले हतारमा...