देशमा फेरि द्वन्द्व हुनसक्छ पुष्पकमल दाहाल ‘प्रचण्ड’



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शान्ति सम्झौता र संविधानको मर्म विपरित कतिपय कदमहरु चालिएकोमा चिन्ता व्यक्त गरेका छन् ।

 

राजधानीमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रचण्डले शान्ति सम्झौता र संविधानको मर्म र भावनाविपरित अघि बढे देश फेरि पनि द्वन्द्वमा फँस्न सक्ने चेतावनी दिएका हुन् ।

 

‘हामीले शान्ति सम्झौतामा र संविधानसभाबाट संविधान बनाएर जे प्रतिज्ञा गर्यौँ, त्यही अनुरुप हामी अघि बढ्न सकेनौँ भने नचाहँदा–नचाहँदै पनि देशमा फेरि द्वन्द्वको अवस्था आउन सक्छ,’ उनले भने, ‘परिकल्पना गरौँ, त्यो कति भयानक होला ? अबको नेपालले त्यो धान्न सक्ला ?’उनले शान्ति सम्झौता विपरित प्रहरीमा भएका मुद्दा भाटाभट अगाडि बढाउन थालेकोमा गम्भिर चिन्ता पनि व्यक्त गरे ।

 

हिजोको सामन्ती निरंकुशतन्त्र व्यवस्थाले विभेदमा पारेकाहरलाई राज्य सञ्चालनमा समुचित स्थान दिन, त्यही अनुसारको राजनीतिक व्यवस्था निर्माण गरेर शान्ति र समृद्धिको नयाँ युग युगतिर जाने परिकल्पाना गरेर तत्कालिन सात राजनीतिक दल र तत्कालिन नेकपा माओवादीले शान्ति सम्झौता गरेको अध्यक्ष प्रचण्डले स्मरण गराए ।

 

तर, पछिल्लो समय पुरानो संरचनालाई बलियो पार्नेतिर कतिपय कदमहरु अगाडि बढेकाले त्यसमा प्रश्न खडा भएको बताए ।‘त्यही मर्म अनुसार हामी अघि बढिरहेका छौँ ?,’ प्रचण्डले प्रश्न गरे, ‘नयाँ बनेका ऐनहरुले हिजोको स्थितिको वा हिजोको मर्म बोध गरेका छन् त ?’

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...