भरतमाेहन अधिकारीकाे उपचारमा मेडिसिटी अस्पतालकाे गम्भीर लापरवाही, ह्याम्समा सारियाे
नेकपाका नेता एवं पूर्व अर्थमन्त्री भरतमाेहन अधिकारीको उपचारमा मेडिसिटी अस्पतालले गम्भीर लापरवाही गरेेेेकाे छ । नेकपाका नेता सूर्य थापाका अनुसार अधिकारीको उपचारमा लापरवाही भएपछि उनलाई ह्याम्स अस्पताल सारिएको छ ।
अहिले ह्याम्स अस्पतालमा अधिकारीकाे उपचारमा डा. भगवान काेइराला, डा. मनबहादुर केसी र डा. अर्जुन कार्की लगायत सहभागी रहेकाे पनि उनले बताए । थापाले भने `एक महिनाकाे अवधिलाई विचार गर्दा मेडिसिटीले उहाँकाे उपचारमा घाेर लापरबाही र गैरजिम्मेवार रवैया प्रदर्शन गरेकाे अनुभूति जाेकाेहीलाई भएकाे छ । फाेक्साेमा जमेकाे कफसमेत ननिकाली अस्पतालमा के उपचार गरिएकाे हाेला ? कुनै सूचना वा उपचार बुलेटिन ननिकालिएकाले केही भन्न सकिएन ।´
थापाले सामाजिक सञ्जाल फेसबुकमा पनि प्रतिक्रिया दिएका छन । थापाकाे प्रतिक्रिया यस्ताे छ
@ ह्याम्स अस्पताल । भरतमोहन अधिकारी यस अस्पतालमा सारिनुभएकाे छ । सानेपाबाट नजिक हुनाले उहाँ मेडिसिटी अस्पताल भर्ना हुनुभयाे । केही दिनपछि डिस्चार्ज गरिनुभयाे । पुनः स्वासप्रस्वास लगायत विभिन्न समस्या देखियाे र मेडिसिटीमै भर्ना हुनुभयाे ।
एक महिना उपचार गर्दा समेत २० काे १९ नभएपछि उहाँलाई हिजाेदेखि ह्याम्स अस्पताल गाेल्फुटारमा सारिएकाे हाे । डा. भगवान काेइराला, डा. मनबहादुर केसी र डा. अर्जुन कार्की लगायत देशले भराेसा गरेका र उहाँको स्वास्थ्य समस्याबारे पूर्व जानकार विशेषज्ञहरूकाे उपचारले उहाँ शीघ्र निकाे भएर घर फर्किनुहुने विश्वास छ ।
तर वितेकाे १ महिनाकाे अवधिलाई विचार गर्दा मेडिसिटीले उहाँकाे उपचारमा घाेर लापरबाही र गैरजिम्मेवार रवैया प्रदर्शन गरेकाे अनुभूति जाेकाेहीलाई भएकाे छ । फाेक्साेमा जमेकाे कफसमेत ननिकाली अस्पतालमा के उपचार गरिएकाे हाेला ? कुनै सूचना वा उपचार बुलेटिन ननिकालिएकाले केही भन्न सकिएन ।
८२ वर्षीय वरिष्ठ राजनीतिज्ञ र जनताका प्रिय पूर्व अर्थमन्त्रीकाे उपचारबारे अावधिक रूपमा जनतालाई नै जानकारी गराउनु पर्नेमा परिवारजनलाई नै गुमराहमा राख्ने अस्पतालकाे कस्ताे जवाफदेहीपन हाेला ? बुझ्न गा-हाे प-याे ।
खासमा याे अस्पताल कसकाे हाे ? भरतमोहन अधिकारीकाे त याे हविगत बनाइन्छ भने सर्वसाधारणले यहाँ कुन हालत भाेगिरहनु परेकाे हाेला ? शीघ्र स्वास्थ्यलाभकाे कामना ।
याे पनि पढ्नुहाेस्
मेडिसिटी अस्पतालको गम्भीर लापरबाहीः जिउँदो मान्छेलाई मृत घोषित गरी घाटमा पठाउने निर्णय