सुन्दर अनुहार भित्र लुकेको डरलाग्दो अपराध, यसकारण मार्न लगाइन आफ्नो श्रीमान र ४ बच्चाहरुलाई



हाम्रो इकोनोमि

 

भारत राजस्तानको शिवजी पार्क स्थित एकै परिवारमा ५ जनाको हत्या भएको छ ।

बनवारी लाल शर्मा र उनका चार बच्चाहरुको हत्या आफ्नै श्रीमती सन्तोषले प्रेमी हनुमान चौधरीसंग मिलेर दुइ गुण्डालाई सुपारी दिइ हत्या गराएकी थिइन ।

हत्यारा श्रीमती, प्रेमी र दुइ हत्यारालाई पुलिसले पक्राउ गर्न सफल भएको छ । अल्वारका एसपी राहुल प्रकासका अनुसार, जव श्रीमान बनवारी लाल शर्मालाई श्रीमतीको अर्को पुरुषसंगको प्रेम रहेको थाहा पाए तव उनले त्यसो नगर्न र बाल

बच्चाहरु भएको सम्झाए तर श्रीमती परपुरुषको प्रेममा अन्धो भइसकेकी थिइन । उनले आफ्नो प्रेमीसंग मिलेर श्रीमान लगायत आफ्नो बच्चाहरुलाई पनि सिध्याउने योजना बुनिन ।

यहि अपराध गर्नको लागी प्रेमीसंग मिलेर दुइजना गुण्डालाई पैसा दिएर हत्या गर्न लगाए ।

घटनाको दिन श्रीमतीले आफ्नो श्रीमान र चार बच्चाहरुलाई खानामा नसा मिलाएर खुवाए ।

जव नसाले ५ जना नै गहिरो निन्द्रामा निदाए तव हत्यारालाई घरमा बोलाएर हत्या गरे ।

यो सब घटना भइसक्दा पनि हत्यारा को हो भन्ने पुलिस र गाउलेलाई थाहा भएन ।

अनुसन्धानमा रहेको स्थानीय पुलिसलाई तव शक लाग्यो जव मृतकको दाहसंस्कार पश्चात सन्तोष आफ्नो माइत गइन र उनकी प्रेमीसंग फोनमा कुरा गर्न थालिन।

यो सुचना पाए पछी पुलिसले थप चनाखो हुदै अनुसन्धानलाई अगाडी बढायो ।

त्यसपछि सन्तोषको प्रेमीसंगको सम्बन्ध पुलिसले पत्ता लगायो र हिरासतमा लियो ।

दुवैलाई हिरासतमा लिएर पुछपाछ गरे पछी दुवैले हत्याकाण्डको स्वीकार गरे ।

शिवजी पार्कस्थित भाडाको घरमै श्रीमतीले प्रेमीसंग मिलेर श्रीमान र ४ बच्चाहरुको एकै ठाउँ हत्या गरेको थियो गत ३ अक्टोबरको दिन ।

बिहान ६ बजे उनीहरुको शव रगताम्मे ओछ्यानमा भेटिएको थियो । जवकी अर्को कोठा मै श्रीमती सन्तोष र उनकी बहिनि सुतिरहेका थिए ।

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...

३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...