जेठी श्रीमतीलाई घरनिकाला गरी बहुविवाह गर्नेलाई एक वर्ष कैद



हाम्रो इकोनोमि

 

 

जेठी श्रीमतीलाई घरनिकाला गरी बहुविवाह गर्ने डाकनेश्वरी नगरपालिका–१ का ३४ वर्षीय जयराम साहलाई जिल्ला अदालतले एक वर्ष कैद सजायको फैसला गरेको छ ।

सप्तरी जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको एकल इजलाशले जयरामसँगै उनकी कान्छी श्रीमती २३ वर्षीया रुवनकुमारी साहलाई समेत एक वर्ष कैद सजायको फैसला गरेको छ ।

जयरामले कुटेर घरनिकाला गरेपछि भारदहस्थित कङ्कालिनी भगवती मन्दिरमा २०७२ फागुन १२ गते रुबनकुमारीसँग दोस्रो विवाह गरेपछि जेठी श्रीमती सञ्जुदेवीले श्रीमान् विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

उजुरीका साथ पीडितले विवाह दर्ता, छोराको जन्मदर्ता र दोस्रो विवाह गर्दा काटेको कङ्कालिनी भगवती मन्दिरको रसिद पेश गरेकी थिइन् ।

पीडितले नाबालक छोराको हकमा संरक्षक भई आफ्नो हकमा समेत माग गरेको मानाचामल खर्चवापत अभियुक्तबाट मासिक रु तीन हजार भराई पाउने गरी जिल्ला अदालतले फैसला गरेको छ ।

सामाजिक परम्पराअनुसार सात वर्षअघि विवाह गरेकी सञ्जुदेवीका पाँच र तीन वर्षका दुई छोरा छन् ।

 

आहा ! ल हेर्नुहोस यस्तो पो रहेछ पशुपालन गर्ने स्मार्ट पद्दती (भिडियो)

पछिल्लो समयमा हरेक क्षेत्रमा नविन प्रविधीहरुको विकास भएको छ र यसको उचित प्रयोग हुनसके कुनैपनी क्षेत्रको विकास हुनमा लामो समय कुरी रहन पर्दैन ।

प्रविधिको विकासक्रमले कृषी प्रणालीमा पनि आमुल परिवर्तन ल्याउन सक्छ ।

विकशित देसहरुमा प्रविधीकै प्रयोगले गर्दा छोटो समय अनी थोरै लगानीमा प्रसस्त उत्पादन गरेर निर्वाहमुखी उत्पादन प्रणालीलाई ब्यबसाहीक रुपमा विकास गरिएको छ ।

अत नेपाल पानि यौटा कृषी प्रधान देस र यांहाका अधिकाम्स मानिसहरु कृषी तथा पशुपालन पेसामा आबद्द रहेका छन् ।

तर उचित प्रविधीको अभावमा अत्यन्तै न्युन उत्पादन एवं लागत पनि बढी भएको कारण आजका कृषकहरु कृषी तथा पशुपालन पेशाबाट बिमुख वा निरास भएको पईन्छ ।

आज हामी यस्तो भिडियो प्रस्तुत गर्दै छौ जसले पशुपालन प्रणालीमा आमुल परिवर्तन ल्याउन सक्छ ।

यस्तो प्रबिधीले कम लागत एवं छोटो समयमा बढी उत्पादन दिनुको साथै ब्यबसाहिक पशुपालन लगानी गर्न प्रेरित समेत गर्ने छ ।

यो भिडियोले विकशित राष्ट्रमा हुने पशुपालन प्रणालीलाई देखाएको छ । जसले आम जन-मानसमा थोरै भएपनी उपयोगी जानकारी प्रधान गर्ने छ ।

भिडियो हेर्नुहोला

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...