हिउँ खेल्न त सबैले रुचाउँछन् हिउँले अङ्ग गुमाउनेको पिडा कल्ले सुन्ने



हाम्रो इकोनोमि

 

 

हिउमा परेर नलगाड नगरपालिका–१ चिउरी निबासी एकै घरका पाँच जनाले खुट्टा गुमाएका छन् ।

आर्थिक अभावले हिउले गुमेका खुट्टाको उपचार गर्न उनीहरुलाई समस्या परिरहेको छ ।

कमाई गर्नका लागि कार्गिल पुगेका एकै घरका पाँच जनाले घर फर्कने क्रममा हिउमा परेर खुट्टा गुमाएका हुन ।

खुट्टा गुमाउनेहरुमा नलगाड नगरपालिका–१ चिउरीका ५५ बर्षिय शसे कामी, उनका छोरा राजिव विक, अविलाल विक, उनका छोरी ज्वाई अमृता चनारा र यादवराज चनारा रहेका छन् ।

हिउमा परेर अन्तिम अबस्थामा पुगेका पाँचै जनालाई गाउँकै अन्य मान्छेले उद्धार गरि नेपाल पुर्याएको शसे कामीका अर्का छोरा नन्दराम विकले जानकारी दिए ।

विरामी पाँचै जनाको गत असोज २० गते देखि हालसम्म बाँकेको नेपालगञ्ज स्थित भेरी अस्पतालमा उपचार भईरहेको छ नन्दराम विकले भने–‘बुवाको दुवै खुट्टा र दुवै हात काट्नु पर्ने भो, भाई राजिव विकको दुवै खुट्टा, अविलाल विकको दुवै खुट्टा, बैनी ज्वाई यादवराज चनाराको दुवै खुट्टा र अमृता चनाराको खुट्टाको दुई वटा औला काट्नु पर्यो, पाँच–पाँच जनाको उपचार गर्नुपर्ने अबस्थाले अलि–अलि कमाएको पनि सबै सकियो, अझै पनि सन्चो कसैलाई भएको छैन, अब कसरी यिनीहरुको थप उपचार गरौं ।’

आर्थिक अभावले उपचार गर्ने भेरी अस्पतालको विकल्प खोज्न नसकेको यस परिवार असोज महिना देखि समस्यामा परेको छ । कमाई गरेर दशै तिहार जस्ता चार्ड मनाउन घर पुग्ने उदेश्य राखेर घर फर्किएका यस परिवारलाई बाटोमै नसोचेकै आई लाग्यो । सवैले खुट्टा गुमाउनु पर्यो । दशै तिहार जस्ता पर्वहरु घरमा पुगेर मनाउने अभिलासा राखेको यस परिवारले अस्पतालको शैयामा छट्टपट्टिनु पर्ने बाध्यता आई लाग्यो ।

कम्जोर आर्थिक अबस्थाले कालापहाडको कमाईमा निर्भर यस परिवारका पाँचै जनाले खुट्टा गुमाउनु परेपछि झनै शंकटमा परेका छन् । गुमेका हात खुट्टा भएतापनि पुर्णरुपमा सन्चो हुनलाई यस परिवारलाई आर्थिक अभाव भई रहेको पारिवारिक श्रोतले जनाएको छ ।

कपाल र दाह्री फुलेर सेतै भएका शसे कामी अस्पतालको भेट्मा घर पुग्न नपाएर मरिने भो भन्ने चिन्ताले सताउने गरेको बताए । एकै घरका पाँचै जनालाई यस्तो विपत कसैलाई पनि आईनलागोस शसेले विलौनो गरे । घरका एक जना सदस्यलाई यस्तो आईपरेको भए पनि अरुले कमाएर उपचार गर्न सकिन्थ्यो पाँचै जनालाई यस्तो भएपछि अस्पतालको बेडमा सड्नुको बिकल्प नभएको शसेको भनाई रहेको छ ।

उपचारमा रहेको उनको परिवारलाई हालसम्म कसैले पनि सहयोग गरेको छैन । सम्बन्धित वडाका वडा अध्यक्षले जो जससंग सम्बन्धित छ भनेर गत पुस २२ गते सहयोग गरिदिन हुन भनेर सिफारिस गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्‍मा नदेखाउनू : सभामुख

    सभामुख डोलप्रसाद अर्याल (डिपी)ले प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्‍मा...

छातीमा प्लेकार्ड राखेर श्रम संस्कृति पार्टीका सांसदको विरोध

     श्रम संस्कृति पार्टीले प्रतिनिधिसभामा प्ले कार्डसहित प्रधानमन्त्री बालेन शाहको विरोध गरेको...

नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार

     दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको नबिल नि:शुल्क जलन...

मदन-आश्रित स्मृति दिवसमा पूर्वराष्ट्रपति भण्डारीसहित को-को नेता पुगे ?

    ३३औँ मदन-आश्रित स्मृति दिवसको अवसरमा नेकपा एमालेले स्मृति सभा कार्यक्रम आयोजना...