जुन गाडीमा भविश्य देखियो, त्यसैले ७० दिनमै ऐया्… समेत भन्न नपाई लियो ज्यान



हाम्रो इकोनोमि

 

 

सवारी साधनको सुविधा उपभोगसँगै उपभोग गर्ने मानिसको जीवन पलपल खतरामा छ र कति बेला के हुने हो भन्ने कुरा अनिश्चित छ ।

त्यही अनिश्चित जीवनको उदाहरण बने गुल्मी वामी तिम्लेचौर गाउँका ३० वर्षीय ठाकुर सापको टा ।

श्रीमतीको हातले दिएको खान खाएर हिँडेका उनको त्यही हातले दिएको खानानै अन्तिम खान र यात्रा बन्न पुग्यो ।

सानैदेखि गाउँमै केही गर्नुपर्छ भन्ने उद्देश्य बोक्दै आएका सापकोटाले कहिले कुखुरा पालन गरे, कहिले मिल चलाए तर पनि उनी सफ ल हुन सकेनन् र ६ महिना जति रोजगारीका लागि भारतमा भौतारिए ।

जापानमा रहेका दाजु कृष्णप्रसाद सापकोटासँग सल्लाह मागे । तत्काल भिसा पठाउने अवस्था नभएपछि उनी एउटा जिप किनेर गाउँमै केहि गर्छु भन्ने सल्लाह लिएर गाउँ फर्के ।

दाजुकै सहयोगमा १३ लाखभन्दा बढी मूल्य तिरेर जिप किने । डाईभरसँग दिनहुँ कुद्न थाले ।

शुक्रबार बिहान सदाझै वामी मैदानमा राखेको जिप स्टार्ट गर्न आए । स्टाट गरिसकेपछि ९ बजेको समयमा घर फर्के ।

श्रीमती माया सापकोटाले खान पस्केर श्रीमानलाई टक्राईन् । खान खाएलगतै हात हल्लाउँदै झरेर डाईभरलाई गाडी चलाउन लगाउँदै केहि यात्रु राखेर वामीटक्सार बजारतिर झरे ।

जीप खरिद गरेको शुक्रबार ७० दिन भएको थियो ।त्यसको पाँच मिनेट नहुँदै गाडी ब्रेक फेल भई करिव डेढ सय मिटर तल झर्यो ।

सापकोटा र यात्रु ५५ वर्षीया महिला पुतली ठकुरीको ऐया्… समेत भन्न नपाई ज्यान गयो ।

शव सदरमुकाम तम्घास ल्याइयो।बि हान १० बजेको समयमा भएको दुर्घटनामा दिउँसो चार बजेपछि मात्र जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी निरीक्षक रविन्द्र खड्काले मृत्युको पुष्टि गरेका थिए ।

अहिले साँझ अबेरसम्म पनि उनीहरुको शव पोष्मार्टम भएको छैन ।वामीको पुरानो अन्त्येष्टि स्थल झेंदीमा सयौं मलामीहरु कुरेर बसेका छन् ।

मुसिकोट नगरपालिका वडा नम्वर ८ का वडाध्यक्ष तथा मृतकका छिमेकी नारायण सापकोटा भन्छन्। ‘मलामीहरु दिउँसोदेखि अहिले साँझसम्म घाटमै बसेका छन् तर जिल्ला अस्पतालले भोली उज्यालोमा पोष्ट मार्टम गरौंला भन्दै टारिरहेको छ ।’वडाध्यक्ष सापकोटा भने, ‘गाउँमै केहि गरेर देखाउ भन्ने पौरखी युवाको गाडी किनेको ७० दिनमै ज्यान जाँदा स्तब्ध पारेको छ ।

उनका अनुसार मृतकका २ स–साना छोरीहरु रहेका छन् । जेठी ८ वर्षीया करिष्मा र ३ वर्षीया गायत्रीलाई बाबुको मृत्यु थाहा दिइएको छैन। बाबुआ मा , श्रीमती माया अर्धचेत जस्तै बनेका छन् ।

उनका काका छोरा डोलाराज सापकोटा भन्छन्, ‘दाजु बिहानै उठेर पहिला गाडी स्टाट गर्न जानुभयो । त्यसपछि घर फर्केर भाउजुलाई खान पस्किन लगाई हिड्नु भएको हो । ७० दिन अघि किनेको गाडी क्षतिग्रस्त बनेको छ । त्यो भन्दा नि उहाँले आर्थिक रुप मा देखेको सपना अधुरै रह्यो ।’

त्यस दुर्घटनामा परेर वामी मैदान कै ५५ वर्षीया हरिकला कार्की र बाग्लुङ्ग तुमडाँडा घर भई वामीमा दिदी भेटन आएका १४ वर्षीय कमल कार्की घाईते भई पाल्पा रिफर गरिएको छ । उनीहरुको अवस्था बारे बुझ्दा उनिहरु दुबै जना खतरामुक्त रहेको आफन्तजनले बताए ।

प्रतिक्रिया दिनुहोस
प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्‍मा नदेखाउनू : सभामुख

    सभामुख डोलप्रसाद अर्याल (डिपी)ले प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्‍मा...

छातीमा प्लेकार्ड राखेर श्रम संस्कृति पार्टीका सांसदको विरोध

     श्रम संस्कृति पार्टीले प्रतिनिधिसभामा प्ले कार्डसहित प्रधानमन्त्री बालेन शाहको विरोध गरेको...

नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार

     दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको नबिल नि:शुल्क जलन...

मदन-आश्रित स्मृति दिवसमा पूर्वराष्ट्रपति भण्डारीसहित को-को नेता पुगे ?

    ३३औँ मदन-आश्रित स्मृति दिवसको अवसरमा नेकपा एमालेले स्मृति सभा कार्यक्रम आयोजना...