धुर्मुसले डोजर चलाएपछि चितवनमा अन्तराष्ट्रिय क्रिकेट रगंशालाको डिपिआर सुरु



हाम्रो इकोनोमि

 

धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ ले गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रगंशालाको डिपिआर शुभारम्भ गरेका छन् ।

रगंशाला निर्माणस्थल भरतपुर महानगरपालिका–१६ स्थित मैदानमा धुर्मुसले टोटल स्टेशन मेसिनले अवलोकन र डोजर चलाएर डिपिआरको प्रक्रिया सुरुवात गरेका हुन् ।

टोटल स्टेशन मेसिन अवलोकन पश्चात धुर्मुसले भने–“मैदान सम्याउने, मिलाउने, नापलगायतका काम सबै सुरु भयो, डिपिआरको काम सुरु भएसंगै शिलन्यासको लागि काम अघि बढेको छ ।”

उनले डिपिआरको काम ब ढीमा ६ महिना लाग्ने भएपनि द्रुतगतिमा काम अघि बढेकोले छिट्टै सकिने बताए ।

लगत्तै शिलन्यास पछि रगंशाला निर्माणको कामले गति लिने धुर्मुसले बताए । उनले भने–“रगंशाला निर्माणका लागि सबैले आ–आफ्नो ठाउ“बाट सहयोग गरौं, समयमै निर्माण सम्पन्न गछौं ।”

रगंशाला निर्माणले ठूला प्रतियोगिता मात्र नभई खेलाडी उत्पादनका लागि पनि महत्वपूर्ण रहेको बताए ।

उनका अनुसार रगंशालामा देशभरका सबै खेलका खेलाडी उत्कृष्ट खेलाडीहरुले प्रशिक्षण लिनेछन्, यहीबाट राष्ट्रिय खेलाडीहरुको उत्पादन हुनेछन् ।”

डिपिआर शुभारम्भ कार्यक्रममा बोल्दै फाउण्डेशनकी उपाध्यक्ष कुञ्जना घिमिरे ‘सुन्त ली’ ले क्रिकेट रगंशाला निर्माणले नेपालमा विकासको सुरुवात भएको भन्दै स्वदेशमै केही गर्ने प्रेरणा मिलेको बताइन् ।

उनले आफूहरुले मात्रै केही गर्न नसक्ने भन्दै फाउण्डेशन सबैको साझा भएकोले सहयोगको लागि आह्वान गरिन् ।

“आँटेपछि सबै कुरा पुरा हुँदो रहेछ, सबैले हातोमालो गरौं समयमै रगंशाला निर्माण गछौं”–सुन्तलीले भनिन् ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयको प रिसरमा रहेको २० विघा ६ कठ्ठा जमिनमा अन्तराष्ट्रिय क्रिकेट रगंशाला निर्माण गर्न लागिएको हो ।

डिपिआरको काम बढिमा ६ महिना भित्रमा सक्ने र शिलन्यास भएको मितिले दुई वर्ष भित्रमा रगंशाला निर्माण सक्ने तयारी भईरहेको फाउण्डेशनले जनाएको छ।फा उण्डेशनले रगंशाला निर्माणका लागि सहयोग संकलन अभियान समेत सुरु गरेको छ ।

आज डिपिआर शुभारम्भ कार्यक्रममा पनि झण्डै ५० लाख रुपैया“ रगंशाला निर्माणका लागि संकलन भएको छ ।

भरतपुर महानगरपालिकाको सहकार्यमा निर्माण हुन लागेको रगंशालाको लागत ३ अर्ब रहेको छ ।

स्पोटर्स हबको रुपमा निर्माण गर्न लागिएको रगंशाला मा फुटबल मैदानका साथै इण्डोर खेलका मैदान समेत निर्माण गरिने फाउण्डेशनले जनाएको छ । क्रिकेट रगंशाला २५ हजार दर्शक अट्ने क्षमताको बन्नेछ । यो रगंशाला नेपालको मौलिकता झल्काउने गरी बनाईने बताईएको छ ।डिपिआर शुभारम्भ समारोहमा बो ल्दै भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले रगंशाला निर्माणले यहा“को विकासले गति लिने बताइन् ।

यस्तै नेकपा प्रदेश ३ का अध्यक्ष नारायण दाहालले असम्भव जस्तै लागेको रगंशाला निर्माणको काम धुर्मुस सुन्तली फाउण्डेशनले सम्भव बनाएको भन्दै सबैले साथ दिनु जरुरी रहेको बताए । उनले रगंशाला निर्माणले नेपालको खेल क्षेत्रको विकास हुने बताए ।नेपाली का“ग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले रगंशाला निर्माणमा कहीकतैबाट समस्या आउन नदिने भन्दै फाउण्डेशनलाई पार्टीको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले रगंशाला निर्माणले नेपाली खेलाडीहरुलाई प्रदर्शन गर्न सहज हुने भन्दै यही रगंशाला मा भारतीय स्टार खेलाडी विराट कोहलीलाई चितवनकै नेपाली युवा स्टार सन्दीप लामिछानेले आउट बनाएको हेर्न चाहेको बताए ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसका नेता शेखर कोइरालापनि देउवा गुटमा

    नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला साउन २९ गतेबाट सुरु हुने...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ सुरु

    नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को दोस्रो संस्करण ‘नाइमा...

देउवालाई भव्य स्वागतको तयारी, ७ हजार नेता–कार्यकर्ता एयरपोर्ट जाने

    करिब ५ महिनापछि स्वदेश फर्किन लागेका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको...

बिज्ञापन बोर्डले फेरि रोक्यो लोकल्याणकारी विज्ञापनको विल

    बिज्ञापन बोर्डले २०८३ श्रावण महिनामा प्रकाशन गरेको लोकल्याणकारी विज्ञापन वापतको पत्रपत्रिकाको...