एकै रातमा ८२ करोड खर्च गर्ने यी राजकुमार जसले किमसंग १ रात बिताउन गरेका १ अर्बको प्रस्ताव



हाम्रो इकोनोमि

 

 

साउदी अरबका राजा सलमानका ३१ बर्षिया छोरा मोहम्मद बिन सलमान केही महिना अघि नयाँ युवराजाधिराज घोषित भए ।

राजा सलमानले आफ्ना भतिजो मोहम्मद बिन नायेफ (५७) लाई उनको पदबाट हटाएर आफ्ना छोरालाई युवराज घोषणा गरेका थिए ।

रिपोर्टका अनुसार युवराजाधिराज सलमान परिवारका अन्य सदस्यजस्तै विलासी जीवनशैलीका निकै शौखिन छन् ।

उनी साउदी शाही परिवारका शीर्ष १० धनीमा समावेश छन् । ‘द टप रिचेस्ट’ नामको वेबसाइट अनुसार उनको कूल सम्पत्ति करिब तीन अर्ब डलर छ ।

सलमान इकोनोमिक काउन्सिल एण्ड डेभलपमेन्ट अफ साउदी अरबका प्रमुख पनि हुन् ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई उनको पहिलो विदेश भ्रमणमा साउदी अरब बोलाउनुमा उनको महत्वपूर्ण भूमिका रहेको छ ।

एक रातमा रित्ताए ८२ करोडः

युवराजाधिराज मोहम्मदले केही वर्ष पहिले माल्दिभ्समा आफ्नो जन्मदिनको पार्टी आयोजना गरेका थिए ।

मिडिया रिपोर्ट अनुसार एक रातको पार्टीका लागि सलमानले ८० लाख डलर (८२ करोड रुपैयाँ) रित्ताएका थिए ।

उक्त पार्टीमा पिट बुल, जेनिफर लोपेज र शकिराजस्ता सेलिब्रिटीलाई बोलाईको थियो ।

साथै, गेंगनम स्टाइल फेम पिएसवाई पनि उक्त पार्टीमा उपस्थित थिए ।

उनले उक्त पार्टीमा छिमेकी देशका थुप्रै युवराजाधिराज र चर्चित हस्तीलाई आमन्त्रण गरेका थिए ।

एक रातका लागि किम कार्दासियनलाई दिए १ अर्बको अफरः

युवराजाधिराज मोहम्मदले आफूसँग एक रात बिताउनका लागि चर्चित अमेरिकी टेलिभिजन सेलिब्रिटी किम कार्दासियनलाई १ अर्बको अफर दिएका थिए ।

कार्दासियनका श्रीमान् कान्ये वेस्टले एक ट्वीट गरेका थिए । यसमा उनले आफू ५.३ करोड डलरको ऋणमा डुबेको बताएका थिए ।

यसबारे जब युवराजाधिराजलाई सोधियो तब उनले आफूलाई कान्येमा केही रुची नभएको तर यदि उनले श्रीमती (किम कार्दासियनलाई एक रातका लागि उनका लागि ल्याए उनलाई १ करोड डलर (१ अर्ब रुपैयाँ) दिने बताएका थिए ।

उनको यो बयान पश्चिमी मिडियामा निकै चर्चित बन्यो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...