ब्ल्याकमेलको उजुरी गरेकी युवतीलाई प्रहरीले उल्टै ब्ल्याकमेल गरेर बलात्कार गरे



हाम्रो इकोनोमि

 

 

कुनै अपराधीले आफूलाई सताइरहेको छ भे हामी प्रहरीकहाँ जान्छौं ताकि प्रहरीले ती अपराधीलाई सजाय दिलाएर हामीलाई बचाउन् ।

 

तर, प्रहरीले नै त्यही अपराधीको बाटो समाते भने के होला ? यस्तै आश्चर्यजनक घटना चण्डीगढमा भएको छ ।

 

यहाँका पूर्व सब इन्स्पेक्टर नवीन फोगाटले आफूकहाँ उजुरी गर्न आएकी युवतीलाई उल्टै ब्ल्याकमेल गरेर बलात्कार गरेको खुलेको छ ।

उनीविरुद्ध चण्डीगढ जिल्ला अदालतमा सुनुवाइ सुरु भएको छ ।

भारतीय समाचारपत्र दैनिक भास्करका अनुसार उनलाई गएको अक्टोबर २३ मा उनलाई जागिरबाट बर्खास्त गरिएको थियो ।

पीडित युवतीले एसएसपी निलाम्बरी जगदालेलाई दिएको उजुरीमा भनेकी छिन् कि उनको एक युवकसँग मित्रता थियो ।

युवती मुम्बइकी मोडल हुन् । मित्रताकै क्रममा ती युवकले ती मोडलका केही आपत्तिजनक तस्वीर प्राप्त गरे ।

यिनै तस्वीरको आडमा ती युवकले मोडललाई लगातार शारीरिक सम्बन्धका लागि दबाब दिन थाले । साथमा तस्वीरको आडमा उनलाई ब्ल्याकमेल गरेर पैसा पनि असुल्न थाले ।

१६ अक्टोबर २०१७ मा मोडलले ती युवकविरुद्ध युटी पुलिस स्टेशनमा उजुरी दिइन् ।

उजुरीका आधारमा सब इन्स्पेक्टर नवीन फोगाटले मुद्दा दर्ता गरे । नवीन फोगाटले ती आरोपी युवकलाई पक्राउ गरे ।

नवीनले ती युवकको ल्यापटप र फोटबाट मोडलको तस्वीर बरामद गरे । त्यसपछि

उनले तिनै तस्वीरको आधारमा आफूले पनि मोडललाई ब्ल्याकमेल गर्न थाले । त्यसपछि उननले युवतीलाई चण्डीगढ बोलाएर बलात्कार समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...