कञ्चनपुरमा अनिश्चितकालिन बन्द घाेषणा



हाम्रो इकोनोमि

 

कञ्चनपुरमा युवा नेताहरुले अनिश्चितकालीन बन्दको घोषणा गरेका छन् ।

महेन्द्रनगर नगर विकास समितिको स्वामित्वमा रहेको जग्गामा अवैध रुपमा निर्माण गरिएका संरचना भत्काउनुपर्ने माग राख्दै उनीहरुले मंगलबारदेखि अनिश्चितकालिन बन्द गरेका हुन् ।

अवैध लिज विरुद्व चरणबद्व आन्दोलनमा उत्रिएका युवा विद्यार्थी संगठनले मंगलबारदेखि अनिश्चितकालिन कञ्चनपुर बन्द गरेका हुन्।

अनिश्चितकालिन बन्द आह्वान गरिएपछि बिहानैदेखि महेन्द्रनगरको जनजीवन प्रभावित भएको छ। स्थानीय प्रशासनले सदरमुकाम क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी समेतपरिचालन गरेको छ।

बन्दका कारण सदरमुकाम महेन्द्रनगर बिहानैदेखि ठप्प छ। आन्दोलनरत विद्यार्थी बिहानैदेखि सडकमा उत्रिएर बन्द गराउँदै हिँडेका छन्। सार्वजनिक तथा निजी सवारी साधन ठाउँको ठाउँमा रोकिएका छन्।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले अवैध संरचना हटाउन अन्यथा आफैं हटाउने भनि आदेश जारी गरेको एक महिने समय सकिए पनि कुनै पहल नभएको आन्दोलनरत युवा विद्यार्थीको आरोप छ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...