घरमै सुतेकी छोरीको शव नग्न अवस्था खोलामा फेला परेपछि अभिभावक मुर्छित



हाम्रो इकोनोमि

 

शनिबारदेखि घरबाट बेपत्ता एक बालिकाको शव नजिकैको खोलामा फेला परेको छ।

हिजो रातिदेखि बालिका घरबाट हराएको भन्ने परिवारका सदस्यको उजूरीका आधारमा अनुसन्धान अगाडी बढाएको प्रहरीले आईतबार दिउँसो ११ वर्षकी रुपमती दासको शव नग्न अवस्थामा खोलामा फेला पारेको हो।

शनिबार साँझसम्म घरमै सुतेकी उनी अभिभावक छिमेकीका घरमा पुगेर फर्किंदा बेपत्ता भएकी थिईन। आफूहरुले छोरीलाई घरमै सुताएर छिमेकीका टिभी हेर्न गएको र करिब आधा घण्टापछि फर्किंदा छोरि घरबाट बेपत्ता भएको उनका बाबु रामप्रसाद दासले जानकारी दिए।

अन्य दिनपनि साँझको समयमा साथीहरु भेट्न जाने गरेकी रूपमती त्यतै गईन् होला भन्ने सोचेका अभिभावकले छोरी घर नफर्किएपछि प्रहरी समक्ष आज बिहान उजूरी गरे लगत्तै अनुसन्धानमा निस्किएको प्रहरी टोलिले केहिसमयमै स्थानीय बालिका रूपमतीको शव मोरङको विराटनगर महानगरपालिका ८ सिघिंयाखोलामा नग्न अवस्थामा भेटेको हो। शव पोष्टमार्टमका लागि पठाइएको छ भने घटनाबारे थप अनुसन्धान भईरहेको पप्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...