बलात्कारी र हत्यारा पत्ता लगाउन नसक्ने प्रहरी चर्पी नहुने गरिबलाई चाहिँ यसरी समात्छ
सर्लाही जिल्ला हरिपुर नगरपालिका-८ को मुसहर बस्तीमा मेरो घर छ।सानो झुपडीमा १७ जनाको परिवार छ। केटाकेटी र बुढाबुढी धेरै छन्। तन्नेरीहरू काम गर्न निस्किन्छौँ । कोही इँटाभट्टामा काम गर्छौँ, म बोरा उठाउने भरिया हुँ।
अस्ति एक दिन बिहान झिस मिसे हुँदै थियो। म शौच गर्न निस्किएको थिएँ। झाडीभन्दा अलिपर सेतो गाडी थियो । कसैले रोकिराखेको होला भन्ने लाग्यो । म शौच बस्नासाथ गाडीबाट एक हुल मान्छे निस्किए। हाम्रै वडाका अध्यक्ष र सामाजिक कार्यकर्ता पनि रहेछन्। टोलीमा सबैभन्दा अगाडि प्रहरी थिए । मलाई उनीहरूले झ्याप्पै समाते ।
वरपर शौच बसेका अरू तीनजना (कृष्ण महरा, शंकर महरा र धनीराम महरा)लाई पनि समातिहालेछन् ।उज्यालो भएपछि हामी चारैजनालाई गाउँ घुमाइयो । सार्वजनिक ठाउँमा शौच गर्ने यिनीहरू हुन्, चिनिराखौँ भनेर बेइज्जत गरे ।
खुला ठाउँमा शौच गरेमा यसैगरी गाउँ घुमाउँछौँ भनेर सबैलाई धम्क्याए। गाउँ घुमाएपछि हामीलाई चौकीमा लगियो। चौकी फोहोर थियो, पछाडिपट्टि रक्सीका बोतल फालिएका थिए।हामीलाई ती समेट्न लगाइयो, बेल्चा र कोदालो दिएर लौ खाल्डो खन भने । हामीले खन्यौँ। बोतल र सबै फोहोर त्यसैमा हाल्यौँ । चौकी सफा भयो ।
अनि हामीलाई आइन्दा फोहोर गर्नेछैनौँ भनेर कायलनामा गराएर छोडे । चौकीबाट त छुट्यौँ । तर, चर्पी बनाउन सकेका छैनौँ । न जग्गा छ, न पैसा छ । डर लागिरहेको छ फेरि कुन दिन गस्ती आउने हो।चर्पी नहुने गरिबको पीडाबारेको यो खबर आजको न याँ पत्रिका दैनिकले छापेको हो।नगरपालिका र एनजिओले पत्र लेखेपछि पुलिस पठाएका हौँ ।
उनीहरूलाई समातेर गाउँ घुमाइएको हो, तर चौकीमा थुनेको होइन, लाज हुने भइहाल्यो, चौकीमा थुन्नुपर्दैन भनेर छोडिएको हो।अफिसमा काम गरिरहेको थिएँ । दलित सम्बन्धी संस्थामा मसँगै काम गर्ने मनोज पासवानले फोन गर्नुभयो।
उहाँको घर सर्लाही हरिपुर हो। उहाँको भनाइ थियो, ‘हाम्रो मान्छेलाई प्रहरीले समातेर लग्यो।’ किन भनेर मैले प्रश्न गरें, उहाँको जवाफ थियो, ‘खुला ठाउँमा दिसा गरेको भनेर पक्रेछ।’
म आश्चर्यचकित भएँ। त्यही ठाउँमा म १५-२० दिनअघि मात्रै गएको थिएँ।ह रिपुरको मुसहर वस्तीका वासिन्दासँग गरिखान खेत छैन, बस्न घर छैन, झुपडीमा बस्छन् । एक धुर जग्गामा १७ जनासम्मको परिवार बस्छन् । भुपडीमा नअटेका छोराछोरी सार्वजनिक मठमा सुत्न जान्छन् ।ज्यालादारी गरेर परिवार पाल्ने उनीहरूले झुपडी पनि फा टेको फरियाले बारेका छन् ।
त्यही भुपडी अट्ने जग्गाको पनि लालपुर्जा छैन । उनीहरू पूर्णरुपमा भूमिहिन हुन् । उभिने जग्गा र ओत लाग्ने घर छैन भने शौचालय कहाँ बनाउने, कसरी बनाउने? तर, खुला ठाउँमा शौच बसेको भनेर त्यही वस्तीका चार जना पक्राउ परे भन्ने खबर आयो।
यस अघि पनि यही आरोपमा गाउँका एक जनालाई प्रहरीले पक्राउ गरेर मलंगवा लगेको थियो। दुई दिन हिरासतमा राखेर ५ हजार जरिवाना गराई छाडेको रहेछ। युनिसेफजस्तो राष्ट्रसंघीय संस्थाले सरसफाइको बारेमा चेतना फैलाउनु राम्रो हो । मुसहर बस्तीमा चर्पी किन बनेन भनेर चासो दिनु पनि ठिकै हो।
तर, उनीहरूको आर्थिक र सामाजिक अवस्थालाई वेवास्ता गरी चर्पी बनाउन बाध्य बनाउनु अन्याय हो । अझ प्रहरी लगाएर पक्राउ गराउनु त घोर अत्याचार हो ।युनिसेफका स्थानीय प्रतिनिधि र जनप्रतिनिधिको पहलमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। सरो कारवाला निकाय स्थानीय वासिन्दालाई चेतनशील र समृद्ध बनाउनभन्दा दण्डित गर्न उत्साही छन् ।
जनप्रतिनिधि, एनजिओका कर्मचारी र प्रहरी झिसमिसेमै ढुक्छन् र शौच बस्न आउनेलाई पक्राउ गर्छन् । पक्राउ परेका चारजना छुटे । तर त्रास गाउँभरि छ । फेरि गस्ती आयो भने पक्राउ गर्ला भन्ने डर छ । चर्पी बनाउने जग्गा छैन, धन छैन ।