टिक-टकले सेलिब्रेटी मात्रै बनाउँदैन, खतरा पनि निम्त्याउँछ



हाम्रो इकोनोमि

 

 

विज्ञान प्रविधिको विकाससँगै पछिल्लो समय सामाजिक सञ्जाल निकै लोकप्रिय बन्दै गएको छ । अहिले सामाजिक सञ्जाल एक प्रकारका व्यक्तिका लागि जीवनकै अभिन्न अंगजस्तै भएको छ ।

युवकयुवती मात्र नभई बालबालिका र प्रौढ अवस्थाका पनि सामाजिक सञ्जालमा अभ्यस्त भइरहेका छन् । साथीसंगीसँग निकट हुन, आफ्ना भावना अरूसम्म पुर्‍याउन मात्र नभएर अपराधीदेखि सेलिब्रेटिसम्म सामाजिक सञ्जालले बनाएको छ । सामाजिक सञ्जालमा विवास्पद कुरा गरेकै भरमा हिट हुन खोज्ने पात्रहरू पनि कमी छैनन् ।

समाजमा व्यक्तिगत पहिचान बनाउनेदेखि व्यावसायिक सम्बन्धको विकास गर्न पनि सामाजिक सञ्जालकै प्रयोग हुने गरेको छ । फेसबुक, ट्विटरजस्ता सामाजिक सञ्जाल त सूचनाको प्रभावकारी माध्यम समेत बनेको छ । सामाजिक सञ्जालमा भाइरल भएका सामग्री सञ्चार माध्यमका हेडलाइनदेखि सम्पादकीयसम्म बनेको पाइन्छ ।

सामाजिक सञ्जालले अपरिचित मान्छेलाई नजिकको साथी बनाएको छ भने आफ्नो नजिकको साथीलाई टाढा पनि बनाएको छ । साथीसँगको भेटघाट, पाटीदेखि मिटिङमा समेत उदोमुन्टो लगाएर एकोहोरो मोबाइलमा हेरिरहेका हुन्छन् आजभोलि ।

घरमा नातागोता आउँदा बोल्ने फुर्सद समेत हुँदैन सामाजिक सञ्जालका नशा चढेकाहरूलाई । सामाजिक सञ्जालमा रमाउन पाएपछि को आए ? को गए ? केही वास्ता हुँदैन । के यसले व्यक्तिलाई एकलकाटे पनि बनाइरहेको त छैन ? वास्तविक समाज र दुनिया भन्दा परको ‘भर्चुअल’ समाजमा हामी रम्न थालेका त छैनौं ? याे साेच्नै पर्ने हुन्छ ।

लोकप्रिय बन्दै ‘टिक-टक’

पछिल्लो समय सामाजिक सञ्जाल ‘टिक-टक’ लोकप्रिय बन्दै गएको पाइन्छ । १५ सेकेन्डसम्मको भिडियो बनाउन मिल्ने यसमा गीत र संवादमा अभिनयसमेत गर्न सकिन्छ । सन् २०१६ देखि चीनबाट सुरु भएको टिक टकले घर-घरमै कलाकार भएको अनुभूति हुन्छ ।

ठुलो पर्दामा गनिएका कलाकार पनि टिक-टकमा झुमेको पाइन्छ । कुनै गीत हिट भए नभएको सङ्केत पनि टिक-टकले दिन थालेको छ । जुन गीतको टिक टकमा बढी भिडियो बन्यो त्यो गीत त्यति नै लोकप्रिय मानिन्छ ।

खाना खाँदादेखि अफिसमा काम गर्दा समेत टिक टक बनाएको पाउँछौँ । त्यति मात्रै होइन कुनै मान्छेलाई आपत्ति पर्दा समेत टिक-टक बनाएको देखिन्छ । केटाकेटी, युवा युवती र बूढाबूढीले समेत टिक टक बनाउँछन् ।

टिक-टकबाटै नायिका

टिक-टकमा गरेको अभिनयबाट धेरै व्यक्ति चर्चितसमेत भएका छन् । संघर्षको सुरुवाती चरणमा रहेका सेलिब्रेटीहरुलाई धेरै फाइदा गरेकाे देखिन्छ । त्यसबाट आफ्नो क्षमता देखाउने प्लाटफर्म पनि प्राप्त भएकाे छ ।

नेपाली सिने क्षेत्रबाट छलाङ्ग मार्दै नायिका एलिना बासकोटाले टिक-टककै कारणले साउथ इण्डियन मुभिमा पुगेकी छिन् । टिक–टकमा केही समय अघि आफ्नो भिडियो राखेपछि साउथ इण्डियन मुभिका कोरियोग्राफरले प्रभावित भएर फिल्ममा आइटम डान्सको प्रस्ताव गरेको छ । आफूले पनि उक्त प्रस्ताव स्वीकार गर्दै साउथ इण्डियन फिल्मको यात्रामा आफ्नो पाइला अघि सारेको नायिका एलिनाले बताएकी छिन् ।

त्यस्तै टिक टकबाटै भाइरल भएकी रेश्मा घिमिरे पनि नेपाल म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् । नेपाली चलचित्र जगतका अभिनेता असीफ शाहसँग “इस्टा को फोटो” बोलको गीतमा अभिनय गरेकी छिन् ।

प्रियंका सिंह ठकुरी पनि टिक-टकले नै नायिका बनेकी छिन् । टिक-टकमा गरेको अभिनय हेरेरै निर्देशक सुवास कोइरालाले उनलाई फिल्म क्षेत्रमा प्रवेश गराएका हुन् । प्रियंकाले नेपाली चलचित्र ‘गरुड पुराण’ अभिनय गर्ने मैका पाएकी छिन् ।

बेफाइदा के ?

हरेक कुराको फाइदा मात्रै हुदैन बेफाइदा पनि हुन्छ । टिक-टकमा सबै राम्रो कुरा मात्र छ भन्ने पनि होइन । यसको नकारात्मक पाटो पनि छ ।

गोपनीयताको कुरा गर्ने हो भने टिककट निकै असुरक्षित र खतरनाक छ । टिक-टकमा रहेको जो कसैलाई फलो गर्न सक्दछ, मेसेज गर्न सक्दछ । यस्तोमा कुनै आपराधिक प्रवृत्तिका मानिसले टिक-टकमा सानो उमेरका बालबालीका तथा किशोर किशोरीहरुलाई गुमराहमा राख्ने खतरा हुन्छ ।

टिक-टक अकाउन्ट विभिन्न खाले अश्लील सामाग्रीहरुले भरिएको छ । यसमा कुनै फिल्टर छैन । विज्ञहरुका अनुसार टिकटकमा कुनै पनि सामाग्रीको बारेमा उजुरी गर्ने माध्यम नभएको हुँदा यो सुरक्षा र गोपनीयताको दृष्टिकोणले निकै खतरनाक हुनसक्छ ।

बीबीसीका अनुसर सन् २०१८ को जुलाईमा इण्डोनेसियामा टिक-टकमाथि प्रतिबन्ध लगाइएको थियो । किशोर किशोरीहरुले अश्लील सामाग्री अपलोड तथा शेयर गर्नका लागि टिक-टकको अत्यधिक प्रयोग गर्न थालेपछि सरकारले यस्तो कदम चालेको थियो । पछि केही परिवर्तन तथा शर्तनामासँगै टिक-टकमाथिको प्रतिबन्ध हटाइएको थियो ।

कुनैपनि एप डाउनलोड गर्दा हामी निकै गम्भीर हुनुपर्ने हुन्छ । आफ्नो स्मार्टफोनको फोटो ग्यालरी, लोकेसन तथा फोन नम्बरहरु सबैमा एपलाई एक्सेस दिन्छौँ । त्यसपछि हाम्रो डाटा कहाँ गैरहेको छ ? कसले केमा प्रयोग गरिरहेको छ ? हामीलाई केही थाहा हुँदैन ।

धेरैजसो एपहरुले आर्टिफिसियल इन्टेलिजेन्सको सहयोगमा काम गर्दछन् । यस्तोमा यदि तपाइँले त्यस्ता एपलाई एकपटक मात्र प्रयोग गर्नुभयो भनेपनि ती एपले तपाइँसँग सम्बन्धित विभिन्न जानकारीहरु सधैका लागि जुटाइसक्दछ । त्यसैले टिक-टक जस्ता एपहरुको प्रयोग गर्दा निकै होसियार हुनुपर्दछ ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...