यौन प्रस्ताव अस्वीकार गर्दा मोडल दीक्षितको हत्या



हाम्रो इकोनोमि

 

मोडलिङ्ग क्षेत्र जति चमकेदार छ, उति नै शोषण र असुरक्षित पनि छ । महिला मोडलहरुमाथि यौन हिंसा हुने गरेका घटनाहरु बाक्लै आउने गर्छन् । नेपालमा मात्र होइन छिमेकी देश भारतमा पनि यस्ता घटना बाक्लै हुने गरेका छन् ।

 

भारतको मुम्बइस्थित अन्धेरीमा एक १९ बर्षीया मुजम्मिल सैय्यद नाम गरेका फोटोग्राफरले मोडेल मानसी दीक्षितको हत्या गरेका छन् । बंगुर नगर पुलिसले अनुसन्धानपछि दाबी गरेको फाइलमा निज फोटोग्राफरले २० वर्षीया मोडेल दीक्षितको फोटोसुट गरेका थिए ।

 

फोटोसुटको बदलामा युवकले मानसीसँग यौन प्रस्ताव राखे तर जब मानसीले यौन प्रस्ताव अस्वीकार गरिन् ती युवकले उनको टाउकोमा काठको स्टुलले प्रहार गरे । उनी वेहोस भएर ढलेकी थिइन् । त्यसपछि युवक आफैले मानसीको घाँटीमा डोरी कसेको बताए । प्रहरीले दीक्षितको कपडाबाट वीर्य र स्वाब समेत फेला पारेको भारतीय सञ्चारमाध्यम ले जनाएको छ ।

 

पोष्टमार्टम रिर्पोटले दिक्षीतको यौनाङ्ग घर्षण भएको देखाएको थियो । ती युवकले मानसी मरेपछि सुटकेसमा प्याक गरे र ट्याक्सी खोज्न लागे । ४ जना बोकी रहेको एक ट्याक्सीले उनको झोला भारी भएका कारण लैजान मानेन ।

त्यसपछि उनले दोस्रो ट्याक्सी समाते र एयरपोर्ट जाने भने । तर अलि अगाडि पुगेपछि भने मुम्बइकै मलाडस्थित माइन्डस्पेस भन्ने ठाउँतिर ट्याक्सी लैजान अनुरोध गरे । ट्याक्सीबाट हतार हतार ओर्लिदै त्यो सुटकेसलाई फुटपातमा फालेको देखेपछि सोही ट्याक्सी चालकले प्रहरीलाई खबर गरेका थिए ।

 

आरोपीलाई प्रहरीले अन्धेरीकै ओसिवारा अर्पाटमेन्टबाट प्रकाउ गरेको जनाइएको छ । घटना हुनु एक–दुई दिनअघि मात्रै मुजम्म हैद्राबादबाट मुम्बइ आएको दोषीका परिवारले बताएका छन् ।
गत बर्षको अक्टोबर १५मा मानसीको हत्या भएको थियो । प्रहरीले हत्या भएको बेलामै मुजम्मिललाई गिरफ्तार गरेको थियो । एजेन्सी

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...