आमा र बुबा दुवैको मृत्यु भएपछि दृष्टिविहीन हजुरआमाको रेखदेख गर्दै दुई नाबालक !



हाम्रो इकोनोमि

 

आमा, बुबाको मृत्युपछि यहाँको बारेकोट गाउँपालिका–९ सक्ला खारीगाउँका दुई नाबालक ७५ वर्षीय वृद्ध हजुरआमा सरिता खड्काको अभिभावक बनेका छन् ।

अभिभावकको मृत्यु भएपछि उनीहरू दृष्टिविहीन हजुरआमाको स हारा बनेका हुन्

जिल्लाको सबैभन्दा दुर्गम गाउँपालिका बारेकोट–९ खारीगाउँका १२ वर्षीय कमल खड्का र आठ वर्षीय हरिश खड्का दाजुभाइ हजुरआमाको अभिभावक भएका हुन्  । उनीहरू टुहुरा हुन् ।

कमल ६ कक्षा र हरिश २ कक्षामा पढ्दै थिए । गत वर्ष आमा देवी र मङ्सिरमा बुबा रणबहादुरको मृत्यु भएपछि उनीहरू दुवै टुहुरा बनेका हुन् ।

बुबाआमाको मृत्युपछि कमल र हरिशको पढाइ पनि अलपत्र परेको छ ।घरपरिवारमा सहारा दिने कोही नभएपछि अहिले कमल र हरिश गोठाला बन्न बाध्य छन् ।

त्यसैमा उनीहरूको अर्को बोझ थपिएको छ– आँखा नदेख्ने ७५ वर्षीया हजुरआमाको स्याहारसुसार। उ नीहरू पढ्न, लेख्न, बुद्धि विकास, सुरक्षा, स्वास्थ्य उपचारलगायत हकअधिकारबाट वञ्चित छन् ।

उनीहरूले दृष्टिविहीन हजुरआमाको स्याहारसुसार गर्ने जिम्मेवारी वहन पनि गर्दै आएका छन् ।

आमाबुबाको मृत्युपछि घरव्यवहार धान्ने र हजुरआमाको स्याहारसुसार त था हेरचाह गर्ने कोही नहुँदा पढाइबाट वञ्चित भएको कमलले बताए ।

“हजुरआमा आँखा देख्नुहुन्न, उहाँलाई बोकेर भित्र बाहिर गर्नुपर्छ”, उनले भने, “हात धुने र खाना खुवाइदिने गर्नुपर्छ, हजुरआमाको हेरचाह र गाईवस्तुको गोठाला गर्दैमा हैरान भएको छु ।”

विगतमा एकैसाथ पढ्न जाने गरेका साथीहरू लर्को लागेर विद्यालय गए को देख्दा मन खिन्न हुने गरेको दाजुभाइको गुनासो छ ।

“माध्यमिकस्तरको पढाइ पूरा गर्ने सोच थियो”, कमलले भने, “त्यो पनि पूरा नहुने भयो ।”

सानो भाइलाई हजुरआमाको हेरचाह गर्न भन्दै आफू विगतमा बुबाआमाले पाल्दै आएका पाँच गाईको गोठाला ला ग्न जाने गरेको उनले बताए ।भाइ र आफूलाई स्कूल गएर पढ्ने खर्च जुटाउन कठिन भएको उनको भनाइ छ ।

घरमा आँखा नदेख्ने वृद्ध हजुरआमाबाहेक अरू अभिभावक नहुँदा समस्या भएको उनले जनाए । बाल्यकालमै आमाबुबा गुमाएका कमल र हरिश दृष्टिविहीन हजुरआमाको जीवन सहारा बनेको स्थानीय ध्रुव आचार्यले बताउनुभयो ।

पढाइबाट वञ्चित हुँदा विपन्न परिवार का कमल र हरिशको भविष्य अन्योलपूर्ण भएको गौतमको भनाइ छ ।

“सबै साथी पढ्न जान्छन्, हामी भने हजुरआमा र गाईगोरु हेर्न अनि घाँस काट्न बाध्य छाँै”, हरिशले आँसु चुहाउँदै भने, “पढ्न मन कसलाई पो हुँदैन र ? तर के गर्नु हाम्रो कोही छैन, क सरी पढ्नु ।”

खड्का दाजुभाइलाई अहिले घरमा आँखा नदेख्ने हजुरआमाको स्याहार र घरको काम नै सबैभन्दा ठूलो चुनौती बनेको छ ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...