त्रिपुरेश्वरमा बोरिङबाट पानी निकाल्दा ग्यास खानि भेटियो !



हाम्रो इकोनोमि

 

त्रिपुरेश्वरस्थित भन्सार विभागको कार्यालय प्राङ्गणमा बोरिङबाट पानी निकाल्दा पानीसँगै ग्यास निस्केको छ ।

भन्सार विभागले नयाँ भवन निर्माण गरिरहेको छ । नयाँ भवन निर्माणका क्रमका लागि आवश्यक पानी बोरिङबाट निकाल्दा पानीसँगै ग्यास निस्केको हो ।

भन्सार विभागसँगै रहेको परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानकी उपकार्यकारी निर्देशक इन्दिरा अधिकारीले बोरिङका क्रममा ग्यासको गन्ध आउँदा त्यहाँ उपस्थित व्यक्तिले आगो बालेको जानकारी दिइन् ।

‘बोरिङ गरेर शुरूमा निस्केको फोहोर पानी फाल्ने क्रममा ग्यासको गन्ध आयो,’ उनले लोकान्तरसँग भनिन्, ‘त्यहाँ भएका व्यक्तिहरूले यहाँ त धेरै ग्यास छ कि के हो भनेर आगो लगाउँदा मज्जाले आगो बल्यो ।’

उनले आफू त्यहीँ रहँदा करीब १५ मिनेटसम्म निरन्तर आगो बलेको र त्यसपछि पनि बल्ने क्रममै रहेको बताइन् ।

‘आगो बलेको देख्दा म त्यहाँ १० देखि १५ मिनेटसम्म बसेँ,’ उनले भनिन्, ‘त्यतिञ्जेलसम्म बलिरहेको थियो ।

म आएँ अहिले थाहा छैन बलिरहेको पनि हुनसक्छ ।’ यसअघि करीब दुई वर्षअघि त्रिपुरेश्वरसँगै जोडिएको टेकुमा पनि जमिनबाट ग्यास निस्केको थियो । त्यस्तै ललितपुरको इमाडोल लगायतका क्षेत्रमा जमिनमुनि ग्यास रहेको पुष्टि भइसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...