भाउजुलाई नन्दले लेखेको चिठ्ठी, जस्ले भाउजुलाई यसरी रूवायो !



हाम्रो इकोनोमि

 

मेरो सभ्यताले तपाईं सम्बोधन गर्नु पर्छ मैले तर आत्मियताले मैले तिमी सम्बोधन गर्दैछु तिमी यसलाई अनादर नसम्झिनु है !!! भोलिबाट तिमी हाम्रो घरकी स्थाई सदस्यको रुपमा प्रबेश गर्दैछौ ।

म जहाँ जन्मेर हुर्के आज सम्म मेरो हो भनेर दाबी गरिरहेकी छु त्यो घर मेरो हैन तिम्रो हुनेछ । मैले हिलो खेलेर हुर्केको माटो तिम्रो हुनेछ ।

मैले गट्टी खेलेको प्रत्येक ढुङगाहरु अब तिम्रो हुनेछ । आज सम्म मैले मेरो भनेर जे जे सजाए, आफ्नो भागमा राखे त्यो सबै सबै तिम्रो हुनेछ र म यो सबै सबै तिमिलाई सुम्पिन चाहन्छु ।

छोरी भएर मैले जे जे पाए, पाईरहेकि छु र छोरी हुनुको हक त्यो पनि सबै दिन चाहन्छु तर तिमिले पनि आफूले एउटा छोरी हुनुको कर्तब्य निभाउनु पर्छ । हामीमा केहि फरक छैन आज तिमी मेरो घरमा जसरी आइरहेकी छौ । आफ्नो बाकी जिन्दगीको हिस्सा यहि बिताउछु भनेर भोलि म पनि त्येसरी नै जानेछु अर्काको घरमा आफ्नो बाकी जिन्दगिका सारा हिस्सा बिताउन ।अब तिमिले सारा जिन्दगी यहि बिताउछु भनेर प्रण गरेर आए पछि सबै तिमिले आफ्नो ठान्नु पर्छ । बुवा आफ्नो ठान्नु पर्छ । आमा आफ्नो ठान्नु पर्छ । दाइ त तिम्रो जिन्दगिको आधा हिस्सा नै भैइहाल्नु भयो । तिमी आफ्नो घरमा आएको बुहारीले आफ्नो बुवा आमालाई कस्तो ब्याभार गरून् भन्ने चाहन्छौ तेहि गर्नु पर्छ तिमिले ।
म मेरो सम्पुर्ण छोरी हुनुको हक अधिकार दिन चाहन्छु पापाले दिने माया, आमाले दिने माया, स्नेह त्यो पनि सबै सबै । बरु आमा पापाले मलाई बिर्सिउन, मेरो याद नगरुन । हो, पापा आमाको लागि पनि तिमी अर्काकी छोरी हौ आफ्नो छोरीले गरेको काम त कहिले काँही चित्त बुझ्दैन, अर्काको छोरीले गरेको त्यो भन्दा नबुझ्न सक्छ, यति बेला तिमिले बुझ्नु पर्दछ किनभने तिमी एक शिक्षित, शभ्य आधुनिक नारी हौ ।

म चाहन्छु तिमी एउटा बुहारी हैन छोरीको कर्तब्य निभाउ अनि छोरीकै हक लेउ ।जसलाइ माया गर्छन उनैलाई गाली गर्ने गर्छन, सम्झाउछन र उनिहरुले गरेको सानो सानो कुरामा चित्त दुखाउछन यदि परिवारका मान्छेले यस्तो गर्नुभयो भने सम्झिनु तिमिलाई धेरै माया गर्नुहुन्छ ।मलाई एउटा नन्द सम्झेर टाढा नबनाउ । सधै एउटै घरको बहिनी सम्झनु ।
चित्त नबुझेको, दुख सुखका कुराहरु जसरी घरको बहिनी सँग बाँड्ने गर्थ्यौ त्यसरी नै गर्नु । दाइ त तिम्रै हो र दाईले माया गर्ने हरेक चिजहरु पनि तिम्रै हुन यदि तिमी दाइ लाई माया गर्छौ भने पक्कै दाईले माया गर्ने ख्याल राख्ने चिजहरुलाई तिम्ले पनि माया गर्छौ ,ख्याल राख्नेछेउ ।आज दाइलाई पाउनुमा तिमी आफ्नो भाग्य सम्झिन्छौ भने त्येस्को श्रेय पापा आमालाई देउ किनभने उहाहरुकै माया,आशीर्वाद,दुख र मेहनतले आज दाइलाई तिम्रो लायक बनाउनुभयो ।

पापा आमाको गोडामा तेल हाल्नु पर्दैन, उहाहरुलाई सम्झिदिए पुग्छ । नसकेको खण्डमा सहारा दिए पुग्छ । माया स्नेह आत्मियता र मीठो मुस्कान दिए पुग्छ र सबै भन्दा ठूलो कुरा तिमी आएर छोराले गर्ने माया र ख्यालमा कमि आएको महसुस गर्न नदिए पुग्छ ।आफ्नो घरको कुरा पधेरामा लगेर आफुलाई सस्तो नबनाउनु बरु घरको मुल सिपाही बनेर रक्षा गर्नु । पापा आमाको एक्लो छोरा अनि तिमी एक्लि बुहारी पापा आमाले बुहारिको धेरै सपना हरु देख्नु भएको छ सजाउनु भएको छ यसलाई कहिलयै पनि टुक्रन नदिनु है !!!
तिम्रो उपस्थितिले मलाई आमाले भुलुन,पापाले भुलुन, दाईले भुलुन, घरले भुलुन, छिमेकिले भुलुन, आफन्त नातेदारले भुलुन, गाउले भुलुन अनि सप्पै सप्पै त्यहाको ढुङ्गा, माटो, पानी, रुखबिरुवा अनि हावाले भुलुन । तिमी एउटा यस्तो उदाहरणिय बुहारी बन जहाँ प्रत्येक छोरा हरुका बुवा आमाले तिमी जस्तै बुहारिको सपना देखुन तिमी जस्तै बुहारी पाउन भगवान सङ्ग प्राथना गरून् अनि प्रत्येक बुवा आमाहरुले बुहारी आए पछि पराई घर गएका आफ्ना छोरिहरुलाई याद गरेर नरोउ!

प्रतिक्रिया दिनुहोस
हिमाली क्षेत्रमा पनि फागुन २१ गते नै निर्वाचन हुन्छ : प्रधानमन्त्री

    प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लामा पनि फागुन २१ मै निर्वाचन हुने...

साँखुमा बस दुर्घटना, २० जना बढी घाइते

    जहरसिंह पौवाबाट काठमाडौं तर्फ आउँदै गरेको बस साँखुमा दुर्घटना हुँदा २०...

२३ र २४ गतेको घटना योजनाबद्ध थियो : डा. राजन भट्टराई

    नेकपा एमालेका सचिव तथा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि...

रास्वपाका केन्द्रिय नेताले पार्टी सदस्यताबाट दिए राजीनामा

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता प्रणय शमशेर राणाले पार्टी सदस्यताबाट...